अनुसन्धान प्रहरी अभियोजनकर्ता बिच समन्वय जरुरी छः गृहमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
१५ पटक हेरिएको
Shares
अनुसन्धान प्रहरी अभियोजनकर्ता बिच समन्वय जरुरी छः गृहमन्त्री

सारांश

  • गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबिच ठिक ढङ्गको समन्वय हुनुपर्नेमा जोड दिएका छन्।
  • शुक्रबार बिहान प्रहरी प्रधान कार्यालयमा आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले दुई पक्षबिच निरन्तर समन्वय हुन जरुरी रहेको बताए।
  • समिति र स्रोत र साधनमा धेरै काम प्रहरीले गर्नुपरेको उनको भनाई छ ।

३० जेठ, काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबिच ठिक ढङ्गको समन्वय हुनुपर्नेमा जोड दिएका छन्। शुक्रबार बिहान प्रहरी प्रधान कार्यालयमा आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले दुई पक्षबिच निरन्तर समन्वय हुन जरुरी रहेको बताए। समिति र स्रोत र साधनमा धेरै काम प्रहरीले गर्नुपरेको उनको भनाई छ ।

“सबैभन्दा बढी कामको जिम्मेवारी लिएका सुरक्षा निकायहरु समिति र स्रोत र साधनमा काम गर्नुपरेको छ” उनले भने,“ सरकारले पर्याप्त ध्यान दिदैछ, दिन्छ ।” उनले आगामी आर्थिक वर्षको बजेटमा तुलनात्मक रुपमा बजेटमा प्रहरीतर्फ उल्लेखनीय वृद्धि भएको जानकारी समेत दिए। मन्त्री लेखकले विज्ञानको प्रयोग मानवताका विरुद्ध भइरहेको बताए। अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको छ। त्यसो भएकाले हामीले पनि अनुसन्धान र अभियोजनका क्रममा विज्ञानको प्रयोग गर्न जरुरी छ।

विज्ञानको प्रयोग भनेको प्रविधिका मार्फत गर्ने हो” उनले भने। लेखकले विज्ञान र प्रविधिको अधिकतम प्रयोग गरेर अनुसन्धानलाई स्वस्थ्य, स्वच्छ र भरपर्दो बनाउन जरुरी रहेको बताए।“अभियोजनको क्रममा पनि विज्ञानको प्रविधिको प्रयोग आवश्यक छ । विज्ञानको प्रयोगले मात्रै पुग्दैन । विज्ञानको सही प्रयोग हुन जरुरी छ । प्रविधि र विज्ञानको प्रयोग पनि न्यायलाई सहयोग गर्ने गरेर हुनुपर्छ ।” उनले भने,“ विज्ञान र प्रविधिको प्रयोग गर्दा पनि प्रमाण संकलन होसियारका साथ गर्नुपर्ने हुन्छ ।” फौजदारी न्यायमा अनुसन्धान र अभियोजन महत्त्वपूर्ण आयाम हुने मन्त्री लेखकको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति
चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति
गाजामा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ५६ हजार नाघ्यो
गाजामा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ५६ हजार नाघ्यो
सङ्घीय सरकारलाई बागमतीका अर्थमन्त्रीको चुनौती– आफ्नो चालु खर्च घटाएर देखाउनुहोस्
सङ्घीय सरकारलाई बागमतीका अर्थमन्त्रीको चुनौती– आफ्नो चालु खर्च घटाएर देखाउनुहोस्
बाघको आक्रमणबाट बारामा एक वृद्धको मृ*त्यु
बाघको आक्रमणबाट बारामा एक वृद्धको मृ*त्यु
सर्लाहीमा नख्खु कारागारबाट फरार कैदी नियन्त्रणमा
सर्लाहीमा नख्खु कारागारबाट फरार कैदी नियन्त्रणमा
बेपत्ता पुरुषको शव सशस्त्रको गोताखोरले ७० फिट गहिराईबाट निकाल्यो
बेपत्ता पुरुषको शव सशस्त्रको गोताखोरले ७० फिट गहिराईबाट निकाल्यो
संघीय र सातवटै प्रदेश संसद्का पदाधिकारीबीचको संयुक्त छलफल जारी
संघीय र सातवटै प्रदेश संसद्का पदाधिकारीबीचको संयुक्त छलफल जारी
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा एक जना पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा एक जना पक्राउ
एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणा लागू गरिने
एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणा लागू गरिने
कम्युनिष्ट किताब पढेर मात्रै जनयुद्ध सुरु भएको होइन : प्रचण्ड
कम्युनिष्ट किताब पढेर मात्रै जनयुद्ध सुरु भएको होइन : प्रचण्ड