दलहरूबीच जुटेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
२७ पटक हेरिएको
Shares
दलहरूबीच जुटेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित

सारांश

  • दलहरुबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
  • सभामुख र दलका प्रमुख सचेतकहरूबीच दुई पटक छलफल हुँदा पनि सहमति नजुटेपछि बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।
  • प्रमुख विपक्षी नेकपा माओवादी केन्द्र र अन्य विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी अवरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो ।

 

१३ जेठ, काठमाडौं ।

दलहरुबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । सभामुख र दलका प्रमुख सचेतकहरूबीच दुई पटक छलफल हुँदा पनि सहमति नजुटेपछि बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो । प्रमुख विपक्षी नेकपा माओवादी केन्द्र र अन्य विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग

गरी अवरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो । तर, दलहरुबीच सहमति नहुँदा साढे दुई बजेसम्मका लागि बैठक सारिएको थियो ।त्यसपछि बसेको सभामुख र दलका प्रमुख सचेतकको छलफलमा पनि सहमति नजुटेको हो । विपक्षी दलले गृहमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न नदिने बताइसकेका छन् । रास्वपाले उच्चस्तरीय छानबिन समिति बनाएर नै उक्त प्रकरणको छानबिन गर्न माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?