धनुषा निर्माण व्यावसायी संघको अध्यक्षमा दोस्रो पटक चौधरी विजयी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २५, २०८०
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः अशोक कुमार चौधरी निर्वाचित भएका छन् ।
  • शनिबार भएको निर्माण व्यावसायी संघको मतदान प्रक्रियाबाट सबभन्दा अधिक मत ल्याएर विजयी भएका हुन् ।
  •  पहिलो कार्यकाल कुशल पूर्वक सम्पन्न गरेका निर्माण व्यावसायी अशोक चौधरीले सबभन्दा अधिक २३९ मत ल्याएर विजयी भएका हुन् ।

२५ चैत, धनुषा। धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः अशोक कुमार चौधरी निर्वाचित भएका छन् ।

शनिबार भएको निर्माण व्यावसायी संघको मतदान प्रक्रियाबाट सबभन्दा अधिक मत ल्याएर विजयी भएका हुन् । पहिलो कार्यकाल कुशल पूर्वक सम्पन्न गरेका निर्माण व्यावसायी अशोक चौधरीले सबभन्दा अधिक २३९ मत ल्याएर विजयी भएका हुन् ।उनका उनका निकटतम प्रतिद्वन्द्वी रमेश कुमार यादवले  १ सय ७५ मत पाएका छन् । त्यसैगरी, अध्यक्ष पदकै उम्मेदवार जगदिश महासेठले ६४ र प्रदिप गुप्ताले मात्र १९ मत ल्याउन सकेका छन् ।

त्यसै गरि उपाध्यक्षमा जय प्रकाश साह (पप्पु) १ सय ३९ मत ल्याएर विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी विकास कुमार साहले १ सय १८ मत पाएका छन् । महासचिवमा रुपेश सिंह मुन्ना १ सय ३४ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वीको रुपमा राजेश दास काले १ सय १ मत पाएका छन् । सचिवमा मनोज कुमार साह २ सय ८ र कोषाध्यक्षमा लक्ष्मण कुमार यादव १ सय ६४ मतका साथ विजयी भएका छन् । त्यस्तै सदस्यहरुमा राजिव कुमार साह २ सय ११, दिपक यादव १ सय ९८ र कमलेश कुमार जयसवाल १ सय ८४ मतका साथ विजयी भएका हुन ।

विजयी भएका चौधरीले निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराएको भन्दै सम्पुर्ण ठिकदारलाई धन्यवाद दिएका छन्। अध्यक्ष चौधरीले निर्वाचनमा खटिएका निर्वाचन कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सम्पूर्णले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन्। विजयी घोषणा हुने लगतै आज विहान ५ बजे नै अध्यक्ष चौधरीले निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गराउने सबैमा आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापा र सुनसरीबाट ब्राउन सुगरसहित १२ जना पक्राउ
झापा र सुनसरीबाट ब्राउन सुगरसहित १२ जना पक्राउ
डोटीमा जिप दुर्घटना, एक महिलाको मृ*त्यु
डोटीमा जिप दुर्घटना, एक महिलाको मृ*त्यु
विशेष अदालतको फैसला– दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनाल भ्रष्टाचारी ठहर
विशेष अदालतको फैसला– दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनाल भ्रष्टाचारी ठहर
काभा भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
काभा भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
पूर्वप्रधानमन्त्री खनालकी श्रीमतीलाई ज्युँदै जलाइयो
पूर्वप्रधानमन्त्री खनालकी श्रीमतीलाई ज्युँदै जलाइयो
आजको मौसम पूर्वानुमान : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
आजको मौसम पूर्वानुमान : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
परराष्ट्रमन्त्री राणा र श्रीलङ्काका परराष्ट्र उपमन्त्रीबिच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र श्रीलङ्काका परराष्ट्र उपमन्त्रीबिच भेटवार्ता
झ्याप्ले खोलामा भेटियो थप ३ शव
झ्याप्ले खोलामा भेटियो थप ३ शव
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन
सौर्य एयर दुर्घटना: मृतकका परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने
सौर्य एयर दुर्घटना: मृतकका परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने