धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
२३ पटक हेरिएको
Shares
धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै

सारांश

  • धनगढी–स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकअन्तर्गत गोदावरी नगरपालिका–८ भएर बग्ने जोनापुर खोला र धनगढी उपमहानगरपालिका–५ सुकुटी खोलामाथि पक्की पुल निर्माणको थालिएको हो ।
  • पुल निर्माणका लागि रु तीन करोड १५ लाखमा गत पुसमा निर्माण कम्पनीसँग सम्झौता भएको हो ।
  • जोनापुर खोलाको पुल ५० प्रतिशत बनेको छभने सुकुटी खोलामा धमाधम पिलर उठाइँदै छ ।

१२ वैशाखः कैलाली ,  

धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले खण्डमा दुईवटा पक्की पुलको निर्माण प्रारम्भ भएको छ । धनगढी–स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकअन्तर्गत गोदावरी नगरपालिका–८ भएर बग्ने जोनापुर खोला र धनगढी उपमहानगरपालिका–५ सुकुटी खोलामाथि पक्की पुल निर्माणको थालिएको हो ।

पुल निर्माणका लागि रु तीन करोड १५ लाखमा गत पुसमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । जोनापुर खोलाको पुल ५० प्रतिशत बनेको छभने सुकुटी खोलामा धमाधम पिलर उठाइँदै छ । आयोजना कार्यालयलका अनुसार १३ किलोमिटर सडक कालोपत्र भएको छ । विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको ‘ट्रयाक’ खोलिएको हो । पहिलो चरणमा खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर र स्याउले– धनगढी १० किलोमिटर सडकको सर्भे भएको थियो । धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ ‘फास्टट्रयाक’ छोटो दूरीलगायत अन्य दृष्टिकोणले महत्त्वपूर्ण मानिएको उक्त सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माणमा विलम्ब भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आईपीएलमा हैदराबादको तेस्रो जित, चेन्नईको चौथो हार
आईपीएलमा हैदराबादको तेस्रो जित, चेन्नईको चौथो हार
राज्य व्यवस्था समितिलाई कर्मचारी सङ्गठनले बुझायो ध्यानाकर्षण पत्र
राज्य व्यवस्था समितिलाई कर्मचारी सङ्गठनले बुझायो ध्यानाकर्षण पत्र
सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुखको ‘रुलिङ’
सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुखको ‘रुलिङ’
गृहमन्त्रीले सुने कार्यालयमै सर्वसाधारणका गुनासा, गम्भीरतापूर्वक आवश्यक पहल गर्ने प्रतिबद्धता
गृहमन्त्रीले सुने कार्यालयमै सर्वसाधारणका गुनासा, गम्भीरतापूर्वक आवश्यक पहल गर्ने प्रतिबद्धता
बनेपाको होटलमा महिला मृत फेला, हत्याको आशंका
बनेपाको होटलमा महिला मृत फेला, हत्याको आशंका
मधेसमा सुविधा सम्पन्न रङ्गशाला बनाउने
मधेसमा सुविधा सम्पन्न रङ्गशाला बनाउने
नेपाल बैंकले माग्यो विभिन्न पदका कर्मचारी
नेपाल बैंकले माग्यो विभिन्न पदका कर्मचारी
धादिङको बेनीघाटमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
धादिङको बेनीघाटमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
गाजाको विद्यालय क्षेत्रमा भएको इजरायली आक्रमणमा ५२ जनाको मृत्यु
गाजाको विद्यालय क्षेत्रमा भएको इजरायली आक्रमणमा ५२ जनाको मृत्यु
महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ
महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ