भारतीय विदेश सचिव भोलि काठमाडौं आउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ३१, २०८२
|
|
२७ पटक हेरिएको
Shares
भारतीय विदेश सचिव भोलि काठमाडौं आउँदै

सारांश

  • भारतका विदेश सचिव विक्रम मिश्री भोलि नेपाल भ्रमणमा आउने भएका छन् ।
  • परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमणबारेर जानकारी गराएको छ ।
  • नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ ।

३१ साउन, काठमाडौं ।

भारतका विदेश सचिव विक्रम मिश्री भोलि नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमणबारेर जानकारी गराएको छ । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव मिश्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ

प्रधानमन्त्री केपी शर्मा ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारी छ । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुने जनाइएको छ । उनी दुई दिने भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली २ भदौमा फर्कनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ