बागलुङ जिप दुर्घटना अपडेट : मृ*त्यु हुनेको सङ्ख्या चार पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३१, २०८२
|
|
२२ पटक हेरिएको
Shares
बागलुङ जिप दुर्घटना अपडेट : मृ*त्यु हुनेको सङ्ख्या चार पुग्यो

सारांश

  • शुक्रबार साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तु बतासेडाँडामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
  • शुक्रबार साँझ ५ः४५ बजे बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–२ की ७० नरबहादुर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको घटनास्थलमै मृत्यु भएको थियो ।
  • गम्भीर घाइते हुनुभएकी ढोरपाटन नगरपालिका–२ की २१ वर्षीया टीकाकुमारी कुँवरको बुर्तिबाङ प्रादेशिक अस्तालमा सामान्य उपचारपछि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने सोही वडाकी ७५ वर्षीया मनकुमारी थापाको पोखरास्थित मणिपाल अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिनुभयो ।

३१ जेठ, बागलुङ ।

शुक्रबार साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तु बतासेडाँडामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शुक्रबार साँझ ५ः४५ बजे बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–२ की ७० नरबहादुर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको घटनास्थलमै मृत्यु भएको थियो ।

गम्भीर घाइते हुनुभएकी ढोरपाटन नगरपालिका–२ की २१ वर्षीया टीकाकुमारी कुँवरको बुर्तिबाङ प्रादेशिक अस्तालमा सामान्य उपचारपछि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने सोही वडाकी ७५ वर्षीया मनकुमारी थापाको पोखरास्थित मणिपाल अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिनुभयो । दुर्घटनामा जिप चालक बागलुङ ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय गोविन्द थापा, सोही ठाउँकी १८ वर्षीया लुम्बिनी महत,

२३ वर्षीया इन्द्रा कुँवर, २९ वर्षीया निरमाया खत्री, ३८ वर्षीया देवी परियार, ५३ वर्षीया दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय वियानो बुढा मगर, ५ वर्षीय विनय बुढा, ढोरपाटन नगरपालिका–५ की ३५ वर्षीया डल्ली विक, ढोरपाटन–१ का ११ वर्षीय शिशिर कार्की र ढोरपाटन–५ की ३० वर्षीया टनमाया कुँवर घाइते घाइते हुनुभएको छ । घाइतेहरुलाई मणिपाल अस्पताल पोखरा र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । जिप सडकदेखि करिब ६० मिटर तल खसेको बस्नेत बताउनुभयो । गाडीमा १६ जना सवार थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ
वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ
भारतीय नागरिकसँग घुस लिँदालिँदै नियन्त्रणमा परेका वडाध्यक्ष ओली निलम्बित
भारतीय नागरिकसँग घुस लिँदालिँदै नियन्त्रणमा परेका वडाध्यक्ष ओली निलम्बित
गाजाको कठिन जीवन : आक्रमण र खाद्यान्न अभावले रित्तिँदै उत्तरी गाजा
गाजाको कठिन जीवन : आक्रमण र खाद्यान्न अभावले रित्तिँदै उत्तरी गाजा
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
खेलमा सफलता पाउन खेलाडीलाई सोसल मिडियाबाट टाढा राख्नु जरुरी छः गौतम गम्भीर
खेलमा सफलता पाउन खेलाडीलाई सोसल मिडियाबाट टाढा राख्नु जरुरी छः गौतम गम्भीर
रवि लामिछानेको भोलि म्याद थप गरिँदै
रवि लामिछानेको भोलि म्याद थप गरिँदै
रवि लामिछानेविरुद्ध युवा संघको विरोध प्रदर्शन
रवि लामिछानेविरुद्ध युवा संघको विरोध प्रदर्शन
बाँके बस दुर्घटना : मृतक सङ्ख्या तीन पुग्यो
बाँके बस दुर्घटना : मृतक सङ्ख्या तीन पुग्यो
अन्तर्राष्ट्रिय कोषबाट ९ अर्ब ४५ करोड ऋण स्वीकार, यी हुन् मन्त्रिपरिषदका १७ निर्णय
अन्तर्राष्ट्रिय कोषबाट ९ अर्ब ४५ करोड ऋण स्वीकार, यी हुन् मन्त्रिपरिषदका १७ निर्णय
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु