प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २५, २०८२
|
|
२४ पटक हेरिएको
Shares
प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै

सारांश

  • नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत आज ७५३ वटै पालिकामा जनप्रर्दशन गर्ने भएको छ ।
  • मंगलबार प्रतिगामी षडयान्त्रका विरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरु गर्ने पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
  • उनका अनुसार २२ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा वडा भेलाहरु सम्पन्न भइसकेका छन् ।

२५ कात्तिक, काठमाडौं ।

नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत आज ७५३ वटै पालिकामा जनप्रर्दशन गर्ने भएको छ । मंगलबार प्रतिगामी षडयान्त्रका विरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरु गर्ने पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार २२ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा वडा भेलाहरु सम्पन्न भइसकेका छन् । उक्त भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम,संसदको गैह्र संवैधानिक विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पारिएको छ । आजको कार्यक्रममा कतिपय पालिकाहरुले मोटरसाइकल र्याली मार्फत एमालेको शक्ति प्रदर्शन गर्दैछन् भने कतिपय पालिकाका केन्द्रमा नारा जुलुस सहितका कार्यक्रम राखिएको छ ।

गौतमका अनुसार आजको कार्यक्रममा जनतालाई जगाउने नाराहरु पार्टी केन्द्रले तय गरेको छ भने प्रर्दशनलाई भव्य बनाउन हरेक सहभागीले एमालेको झण्डा सहित जनप्रदर्शनमा सहभागी हुने, जनप्रर्दशन घना बस्ती भएको ठाउँमा गर्ने, जनप्रर्दशनको अन्त्यमा छोटो कोणसभा गर्ने र कोण सभामा वर्तमान राजनीतिक अवस्थाका बारेमा स्पष्ट पार्न नेताहरुलाई एमालेले निर्देशन गरेको छ । आजको जनप्रदर्शन कात्तिक २९ गते जिल्ला स्तरीय आमसभा, मंसिर ६ गते काठमाडौंमा हुने जनप्रदर्शन र आगामी महाधिवेशनको प्रचारको रुपमा पनि रहने एमालेले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीमा सुधन फर्किँदै, आजै शपथको तयारी
गृहमन्त्रीमा सुधन फर्किँदै, आजै शपथको तयारी
लिपुलेक अतिक्रमण विरुद्ध संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन
लिपुलेक अतिक्रमण विरुद्ध संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन
नार खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न, कुमारी बैंकको अगुवाइमा ५ बैंकले लगानी गर्ने
नार खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न, कुमारी बैंकको अगुवाइमा ५ बैंकले लगानी गर्ने
कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो
कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो
गुडिरहेको सेनाको ट्रकमा आगलागी
गुडिरहेको सेनाको ट्रकमा आगलागी
महालेखाले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन
महालेखाले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन
ध्वस्त भयो कोशीको प्रदेश सभा, आगोले नभेटेका सामान चोरी
ध्वस्त भयो कोशीको प्रदेश सभा, आगोले नभेटेका सामान चोरी
अस्ट्रेलियासँगको पहिलो टेस्टमा भारतको शानदार जित
अस्ट्रेलियासँगको पहिलो टेस्टमा भारतको शानदार जित
लोकतान्त्रिक अपांग संघ अध्यक्षमा माधव चम्लागाईं
लोकतान्त्रिक अपांग संघ अध्यक्षमा माधव चम्लागाईं
जनकपुरमा राष्ट्रिय झण्डासहित सात राजनीतिक दलको प्रदर्शन
जनकपुरमा राष्ट्रिय झण्डासहित सात राजनीतिक दलको प्रदर्शन