बिहीबारदेखि लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र ६, २०८१
|
|
१२४ पटक हेरिएको
Shares
बिहीबारदेखि लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव

सारांश

  •       लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी बिहीबारदेखि ‘लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव’ हुने भएको छ ।
  • नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ दूतावास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो ।
  • विसं २०७१ चैत ७ गतेदेखि विसं २०८२ वैशाख २९ गतेसम्म युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र वरपरका सहरमा महोत्सव आयोजना हुने पर्यटन बोर्डले जनाएको छ ।

६ चैत, काठमाडौँ ।     

लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी बिहीबारदेखि ‘लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव’ हुने भएको छ । नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ दूतावास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो । विसं २०७१ चैत ७ गतेदेखि विसं २०८२ वैशाख २९ गतेसम्म युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र वरपरका सहरमा महोत्सव आयोजना हुने पर्यटन बोर्डले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले दोस्रो लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव नेपालले शान्ति र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्न गरेको प्रतिबद्धताको प्रतीकका रूपमा अघि बढाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी विश्वभरका पाहुनालाई लुम्बिनीको आध्यात्मिक अनुभव आदानप्रदान गर्न र विश्वव्यापी सौहार्दता मनाउन निमन्त्रणा गर्दछौँ ।” लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रको रूपमा प्रवर्द्धन गर्नुका साथै नेपाल, चीन र अन्य राष्ट्रहरूबीच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको अवस्था आदानप्रदानलाई प्रोत्साहन दिन महोत्सव आयोजना गरिएको बोर्डले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । यही चैत ७ गतेदेखि सुरु हुने महोत्सवमा चैत ८ गते मायादेवी मन्दिर बाहिरको पवित्र उद्यानमा एक सय भिक्षु र चार सय साधकको सहभागितामा ध्यान सत्र सञ्चालन हुनेछ ।

चैत ९ गते खेलकुद र विकासका लागि अन्तरराष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तरराष्ट्रिय शान्ति म्याराथन हुनेछ । यसैबीचमा लुम्बिनी शान्ति साङ्गीतिक कार्यक्रम, झोङ्ग हुआ गुम्बाको २५औँ वार्षिकोत्सवको अवसरमा फोटो प्रदर्शनी, बुद्ध दीक्षा समारोहलगायत विविध कार्यक्रम गर्ने र वैशाख पूर्णिमाको दिन विशेष समापन समारोह हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले जानकारी दिनुभयो । महोत्सवलाई लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक समिति, युनान माउन्टेनियरिङ तथा आउटडोर स्पोट्र्स सङ्घ, केजिएच ग्रुप, भिभो, दीपल, बुद्ध एयरलगायत स्थानीय र अन्तरराष्ट्रिय संस्थाले सहयोग गर्ने आयोजकले जनाएको छ । (रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आधुनिक प्रवृत्तिसँगै देखिने खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक’
आधुनिक प्रवृत्तिसँगै देखिने खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक’
पूर्वी नवलपरासीमा ४४ जनालाई डेंगी संक्रमण
पूर्वी नवलपरासीमा ४४ जनालाई डेंगी संक्रमण
उपसभामुख ठाकुरले जनकपुर पुगेर आफ्नै खेतमा रोपिन् धान
उपसभामुख ठाकुरले जनकपुर पुगेर आफ्नै खेतमा रोपिन् धान
चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल जारी रहने, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल जारी रहने, यस्तो छ सम्भावित कार्यसूची
मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षण, तोकिएको समयमै रंगशाला सम्पन्न हुने
मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षण, तोकिएको समयमै रंगशाला सम्पन्न हुने
जापानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा ३० जना घाइते
जापानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा ३० जना घाइते
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित
सिके राउतले हाले सम्बन्धविच्छेदको मुद्दा
सिके राउतले हाले सम्बन्धविच्छेदको मुद्दा
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग