मन्त्रालयबाट निस्किए शिक्षक, पदपूर्ति ६०/४० मा भएन सहमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १६, २०८२
|
|
३६ पटक हेरिएको
Shares
मन्त्रालयबाट निस्किए शिक्षक, पदपूर्ति ६०/४० मा भएन सहमति

सारांश

  • नेपाल शिक्षक महासंघका पदाधिकारीहरू सोमबार (असार १६) शिक्षा मन्त्रालयमा भएको बैठकबाट बाहिरिएका छन् ।
  • शिक्षकको पदपूर्तिबारे ६० आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने विषयमा सहमति नभएपछि उनीहरू निस्किएका हुन् ।
  • “सरकारले पटक–पटक शिक्षकहरूसँग ७५/२५ को सहमति गरेको थियो ।

१६ असार, काठमाडौं ।

नेपाल शिक्षक महासंघका पदाधिकारीहरू सोमबार (असार १६) शिक्षा मन्त्रालयमा भएको बैठकबाट बाहिरिएका छन् । शिक्षकको पदपूर्तिबारे ६० आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने विषयमा सहमति नभएपछि उनीहरू निस्किएका हुन् । “सरकारले पटक–पटक शिक्षकहरूसँग ७५/२५ को सहमति गरेको थियो ।  हामीले यही कुरा राख्यौँ,” महासंघका महासचिव तुलाबहादुर थापाले  भने, “तर, उहाँहरूले ७५/२५ को अवस्थामा शिक्षा विधेयक अगाडि बढाउन नसकिने बताउनुभयो । अनि, हामी निस्कियौँ ।”

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक यसअघि सोमबार बिहान ८ बजे बस्ने गरी बोलाइएको थियो । शिक्षकसँगको वार्ताका कारण समिति बैठकको समय दिउँसो २ बजेसम्मका निम्ति सारिएको थियो । बैठकमा महासचिव थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंस शाही, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी र एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी सहभागी थिए ।  महासंघले आफूसँग गरेका सहमतिअनुसार ‘अग्रगामी’ शिक्षा विधेयक पारित नगरिए पहिलेभन्दा कडा आन्दोलनको चेतावनी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संयोगले शिक्षामन्त्री भएँ, धेरै कुरा सिक्दै छु : रघुजी पन्त
संयोगले शिक्षामन्त्री भएँ, धेरै कुरा सिक्दै छु : रघुजी पन्त
टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड
टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड
एमाले विधान महाधिवेशन अपडेट: ९ समूह बनाएर थालियो प्रतिवेदनमा छलफल
एमाले विधान महाधिवेशन अपडेट: ९ समूह बनाएर थालियो प्रतिवेदनमा छलफल
ललितपुर धापाखेलको नागदहले नयाँ रुप पाउने, टेन्डर प्रक्रिया अन्तिम चरणमा
ललितपुर धापाखेलको नागदहले नयाँ रुप पाउने, टेन्डर प्रक्रिया अन्तिम चरणमा
सहकारी पीडितले भोलिदेखि फेरि आन्दोलन सुरु गर्दै
सहकारी पीडितले भोलिदेखि फेरि आन्दोलन सुरु गर्दै
डीभी परेर अमेरिका पुगेका युवक पनि भए डिपोर्ट
डीभी परेर अमेरिका पुगेका युवक पनि भए डिपोर्ट
आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र
ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र
आज देशभर पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना
आज देशभर पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना
बाढी प्रभावित क्षेत्र पुग्न वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव
बाढी प्रभावित क्षेत्र पुग्न वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव