काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
४३ पटक हेरिएको
Shares
काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

सारांश

  • नेपाल विद्युत् प्राधिकरणले काठमाडौं र ललितपुरका केही स्थानमा शनिबार विद्युत् अवरुद्ध हुने जनाएको छ।
  • काठमाडौंको बलम्बु वितरण केन्द्रको थानकोट फिडरअन्तर्गत नैकाप फुटबल ग्राउन्ड र किट्नीभन्ज्याङमा पोल स्थानान्तरण र कन्डक्टर स्तरोन्नतिका लागि बिहान ११ देखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती हुनेछ।
  • रत्नपार्क वितरण केन्द्रको दरबारमार्ग फिडरअन्तर्गत जमलपुल, विश्वज्योति हल, यलो पगोडा, अन्नपूर्ण होटल र निर्वाचन आयोग क्षेत्रमा भूमिगत तार बिछ्याउन बिहान ७ देखि १० बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

३० चैत, काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं र ललितपुरका केही स्थानमा शनिबार विद्युत् अवरुद्ध हुने जनाएको छ। काठमाडौंको बलम्बु वितरण केन्द्रको थानकोट फिडरअन्तर्गत नैकाप फुटबल ग्राउन्ड र किट्नीभन्ज्याङमा पोल स्थानान्तरण र कन्डक्टर स्तरोन्नतिका लागि बिहान ११ देखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती हुनेछ।

रत्नपार्क वितरण केन्द्रको दरबारमार्ग फिडरअन्तर्गत जमलपुल, विश्वज्योति हल, यलो पगोडा, अन्नपूर्ण होटल र निर्वाचन आयोग क्षेत्रमा भूमिगत तार बिछ्याउन बिहान ७ देखि १० बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। ललितपुरको लगनखेल वितरण केन्द्रको इमाडोल २ फिडरअन्तर्गत ग्वार्को, इमाडोल, कृष्णमन्दिर, टिकाथली, लुभुलगायत क्षेत्रमा दिउँसो २स्३० देखि ३स्३० बजेसम्म विद्युत् कटौती हुनेछ। सोही केन्द्रको जावलाखेल फिडरअन्तर्गत जावलाखेल, कुमारिपाटी, नटोलमा दिउँसो १ देखि ४ बजेसम्म र रिङरोड फिडरअन्तर्गत जिल्ला प्रशासन कार्यालय, एभिएम चोक, कुसुन्ती, नखिपोटलगायतमा बिहान ११ देखि १२ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। काम छिटो सकिएमा विद्युत् सेवा तोकिएको समयअघि सुचारु हुन सक्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्वः राष्ट्रपति
ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्वः राष्ट्रपति
आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
काभ्रेको पाँचखालमा बस दुर्घटना, ८ जना घाइते
काभ्रेको पाँचखालमा बस दुर्घटना, ८ जना घाइते
हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव
हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
स्कटल्यान्डले ५ ओभरमा २४ रन बनाउँदा नेपालले लियो ५ विकेट
स्कटल्यान्डले ५ ओभरमा २४ रन बनाउँदा नेपालले लियो ५ विकेट
राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत डिन आर थम्पसनको बिदाई भेट
राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत डिन आर थम्पसनको बिदाई भेट
लिग टु : स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्दै
लिग टु : स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्दै