Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

निर्वाचन तयारी तीव्र : मतपत्र ढुवानी अन्तिम चरणमा, मतदानका लागि संरचना लगभग तयार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन ९, २०८२
|
|
५३ पटक हेरिएको
Shares
निर्वाचन तयारी तीव्र : मतपत्र ढुवानी अन्तिम चरणमा, मतदानका लागि संरचना लगभग तयार

सारांश

  • प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १२ दिन मात्र बाँकी रहँदा निर्वाचन तयारी देशभर तीव्र पारिएको छ ।
  • निर्वाचन आयोग नेपालले अधिकांश प्रदेशमा मतपत्र तथा आवश्यक सामग्री पठाइसकेको र बाँकी स्थानमा अन्तिम चरणको ढुवानी भइरहेको जनाएको छ ।
  • आयोगका अनुसार सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका निर्वाचन क्षेत्रमा मतपत्र पुगिसकेको छ भने बागमतीसहित अन्य प्रदेशमा ढुवानी नियमित रूपमा जारी छ ।

 

९ फागुन, काठमाडौं ।

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १२ दिन मात्र बाँकी रहँदा निर्वाचन तयारी देशभर तीव्र पारिएको छ । निर्वाचन आयोग नेपालले अधिकांश प्रदेशमा मतपत्र तथा आवश्यक सामग्री पठाइसकेको र बाँकी स्थानमा अन्तिम चरणको ढुवानी भइरहेको जनाएको छ । आयोगका अनुसार सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका निर्वाचन क्षेत्रमा मतपत्र पुगिसकेको छ भने बागमतीसहित अन्य प्रदेशमा ढुवानी नियमित रूपमा जारी छ । राजधानीभित्रका मतदान केन्द्रमा समेत केही दिनमै मतपत्र पु¥याइने तयारी गरिएको छ ।

निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोडभन्दा बढी मतपत्र छपाइ गरी प्याकिङसहित पठाइसकिएको आयोगले जनाएको छ । समानुपातिकतर्फ पनि दुई करोडभन्दा बढी मतपत्र छपाइ सम्पन्न भइसकेको छ । मतपत्र बाहेक आवश्यक ५१ प्रकारका निर्वाचन सामग्रीमध्ये अधिकांश ढुवानी पूरा भइसकेको छ, जसले निर्वाचन व्यवस्थापनलाई व्यवस्थित बनाएको आयोगको दाबी छ । मतपत्र छपाइ भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा आयोगको क्यालेण्डरअनुसार चरणबद्ध रूपमा गरिएको थियो । पुस महिनादेखि सुरु भएको छपाइ प्रक्रियाअन्तर्गत मतदाता शिक्षा प्रयोजनका लागि झन्डै ११ लाख नमूना मतपत्र समेत तयार गरिएको थियो । निर्वाचन नजिकिँदै जाँदा आयोगले सुरक्षा, सामग्री व्यवस्थापन तथा मतदान केन्द्र तयारीलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज काठमाडौँ, ललितपुरसहित ३३ जिल्लामा बाढीको जोखिम,
आज काठमाडौँ, ललितपुरसहित ३३ जिल्लामा बाढीको जोखिम,
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै
माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै
गाजा विस्फोटमा सात इजरायली सैनिकको मृ*त्यु
गाजा विस्फोटमा सात इजरायली सैनिकको मृ*त्यु
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, चालक गम्भीर
पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, चालक गम्भीर
काठमाडौंका अतिक्रमित जग्गा खाली गराउन सात दिने अल्टिमेटम
काठमाडौंका अतिक्रमित जग्गा खाली गराउन सात दिने अल्टिमेटम
नेपालबाट भारतमा निर्यात हुने वस्तुको बीआईएस प्रक्रिया सहज बनाउन उद्योगमन्त्री सिन्हाको आग्रह
नेपालबाट भारतमा निर्यात हुने वस्तुको बीआईएस प्रक्रिया सहज बनाउन उद्योगमन्त्री सिन्हाको आग्रह
माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने, त्यसपछि महाधिवेशन केन्द्रित हुने
माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने, त्यसपछि महाधिवेशन केन्द्रित हुने
भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा सशस्त्र प्रहरीद्वारा नष्ट
भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा सशस्त्र प्रहरीद्वारा नष्ट