Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आज काठमाडौँ, ललितपुरसहित ३३ जिल्लामा बाढीको जोखिम,

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
८६ पटक हेरिएको
Shares
आज काठमाडौँ, ललितपुरसहित ३३ जिल्लामा बाढीको जोखिम,

सारांश

  • जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (जेठ ३०, शुक्रबार) पनि बाढीसम्बन्धी जानकारी तथा चेतावनी जारी गरेको छ।
  • बाढी महाशाखाका अनुसार आज राजधानी काठमाडौँ र ललितपुरसहित देशका ३३ जिल्लामा बाढीको जोखिम भएकाले होसियारी अपनाउन आवश्यक छ।
  • महाशाखाको बुलेटिनअनुसार आज इलाम, धनकुटा, तेहथुम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, ललितपुर, काठमाडौँ, मकवानपुर, उदयपुर, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बाँके, बर्दिया, कालीकोट, जुम्ला, दार्चुला, बझाङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने नदी/खोलामा बहाव बढ्ने सक्ने सम्भावना देखिएको हो।

३० जेठ, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (जेठ ३०, शुक्रबार) पनि बाढीसम्बन्धी जानकारी तथा चेतावनी जारी गरेको छ। बाढी महाशाखाका अनुसार आज राजधानी काठमाडौँ र ललितपुरसहित देशका ३३ जिल्लामा बाढीको जोखिम भएकाले होसियारी अपनाउन आवश्यक छ।

महाशाखाको बुलेटिनअनुसार आज इलाम, धनकुटा, तेहथुम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, ललितपुर, काठमाडौँ, मकवानपुर, उदयपुर, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बाँके, बर्दिया, कालीकोट, जुम्ला, दार्चुला, बझाङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने नदी/खोलामा बहाव बढ्ने सक्ने सम्भावना देखिएको हो।  यीमध्ये १४ जिल्लाका लागि भने महाशाखाले ‘एल्लो वारेन्ट’ (पहेँलो रङ) दिएको छ। जसमा संखुवासभा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बाँके, बर्दिया, दार्चुला, बझाङ, डोटी र डडेलधुरा जिल्ला छन्।

पहेँलो रङको अर्थ सामान्यभन्दा माथि मध्यम जोखिम हो।  यस्तै बाढी महाशाखाले आगामी ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने सम्भावना रहे पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक रहेको जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
विपक्षीलाई वेलमा घेरेर प्रधानमन्त्रीले लिए विश्वासको मत
विपक्षीलाई वेलमा घेरेर प्रधानमन्त्रीले लिए विश्वासको मत
नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
रुपन्देहीबाट चरेस र गाँजासहित ७ जना पक्राउ
रुपन्देहीबाट चरेस र गाँजासहित ७ जना पक्राउ
केरुङमा फसेका २०३ नेपालीको १५ दिनपछि उद्धार
केरुङमा फसेका २०३ नेपालीको १५ दिनपछि उद्धार
भीरबाट लडेर ८ वर्षे बालकको मृ*त्यु
भीरबाट लडेर ८ वर्षे बालकको मृ*त्यु
जेनजी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय
जेनजी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय
जनमतले संसदीय भूमिकालाई प्रभावकारी बनाउने
जनमतले संसदीय भूमिकालाई प्रभावकारी बनाउने
संवैधानिक निकायका पदाधिकारी विरुद्धको विषयमा सर्वोच्चले आज महत्त्वपूर्ण फैसला गर्दै
संवैधानिक निकायका पदाधिकारी विरुद्धको विषयमा सर्वोच्चले आज महत्त्वपूर्ण फैसला गर्दै
रास्वपा सभापति लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित
रास्वपा सभापति लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित