विदेशमा रहेका नेपालीहरूका लागि परराष्ट्रले ल्यायो ‘मोफा मित्र’ एप

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १२, २०८३
|
|
२०५ पटक हेरिएको
Shares
विदेशमा रहेका नेपालीहरूका लागि परराष्ट्रले ल्यायो ‘मोफा मित्र’ एप

सारांश

  • विदेशमा रहेका नेपालीहरूको लागि परराष्ट्र मन्त्रालयले मोफा मित्र एप ल्याएको छ ।
  • परराष्ट्र अन्तर्गतको कन्सुलर सेवा विभागले उक्त एप सञ्चालनमा ल्याएको हो ।
  • परराष्ट्रमन्त्री शिशिर खनालले एक कार्यक्रमबीच उक्त एपको उद्घाटन गरेका छन् ।

१२ जेठ, काठमाडौं ।

विदेशमा रहेका नेपालीहरूको लागि परराष्ट्र मन्त्रालयले मोफा मित्र एप ल्याएको छ । परराष्ट्र अन्तर्गतको कन्सुलर सेवा विभागले उक्त एप सञ्चालनमा ल्याएको हो । परराष्ट्रमन्त्री शिशिर खनालले एक कार्यक्रमबीच उक्त एपको उद्घाटन गरेका छन् । आफ्नो स्मार्टफोनमा उक्त एप डाउनलोड गरेर विदेशमा रहेका नेपाली तथा उनीहरूका आफन्तले आफ्नो गुनासो तथा समस्या राख्ने सक्नेछन् ।

विभागका महानिर्देशक दुरपदा सापकोटाले विदेशमा रहेका नेपालीहरूका उजुरी, गुनासा, उद्धार लगायतका कार्य उक्त एप मार्फत सहजै गर्न सक्ने बताइन् । हाल सञ्चालनमा रहेको अनलाइन प्रणालीमा उजुरी तथा समस्या राख्न सक्छन् । तर, उक्त अनलाइनमा भने विभागमा उजुरी आइसकेपछि विभागले सम्बन्धित नियोगमा पठाउने गरेको छ । तर उक्त एपमार्फत सिधै नियोगमा उजुरी गर्ने उनको भनाइ छ । उद्घाटनमा मन्त्री खनालले सहज पहुँच सुनिश्चित गर्नका लागि उक्त एप सञ्चालनमा ल्याइएको बताए । विदेशमा रहेका नेपालीहरू समस्यामा परेको खण्डमा वा उद्धार गर्नुपर्ने अवस्था आएको खण्डमा एप मार्फत नै सहज हुने बताए । ‘एउटा एपले यहाँहरूको गुनासो सम्बोधन हुन्छ भन्ने हाम्रो अपेक्षा छ । प्रविधिको अत्यधिक प्रयोग गरेर समस्यामा परेका नेपालीका समस्या समाधान गर्न हामी प्रतिबद्ध छौं,’ मन्त्री खनालले भने । प्रविधिमार्फत हरेक नेपालीको हातहातमा पुर्‍याउने उद्देश्यसहित एप सञ्चालनमा ल्याइएको विभागले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पासपोर्ट र भिसाबिना वीरगञ्जको होटलमा बस्ने बंगलादेशी नागरिक पक्राउ
पासपोर्ट र भिसाबिना वीरगञ्जको होटलमा बस्ने बंगलादेशी नागरिक पक्राउ
नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
मेघ गर्जनसहित वर्षाको सम्भावना, गर्मी कम हुँदै जाने
मेघ गर्जनसहित वर्षाको सम्भावना, गर्मी कम हुँदै जाने
एनपीएलको पहिलो खेलको टिकटबाट उठ्ने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने
एनपीएलको पहिलो खेलको टिकटबाट उठ्ने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने
सहकारी पीडित आमोद चतुर्वेदी झुन्डिएको अवस्थामा मृत भेटिए
सहकारी पीडित आमोद चतुर्वेदी झुन्डिएको अवस्थामा मृत भेटिए
सडक विभाग बाहिर काठमाडौं महानगरले थुपारिदियो धुलो
सडक विभाग बाहिर काठमाडौं महानगरले थुपारिदियो धुलो
इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की
इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की
सर्वोच्चको फैसला नआएसम्म आन्दोलन जारी राख्ने ७ दलको निर्णय
सर्वोच्चको फैसला नआएसम्म आन्दोलन जारी राख्ने ७ दलको निर्णय
भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी : तीन करोड क्षति
भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी : तीन करोड क्षति
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?