सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

विदेशमा रहेका नेपालीहरूका लागि परराष्ट्रले ल्यायो ‘मोफा मित्र’ एप

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १२, २०८३
|
|
३४० पटक हेरिएको
Shares
विदेशमा रहेका नेपालीहरूका लागि परराष्ट्रले ल्यायो ‘मोफा मित्र’ एप

सारांश

  • विदेशमा रहेका नेपालीहरूको लागि परराष्ट्र मन्त्रालयले मोफा मित्र एप ल्याएको छ ।
  • परराष्ट्र अन्तर्गतको कन्सुलर सेवा विभागले उक्त एप सञ्चालनमा ल्याएको हो ।
  • परराष्ट्रमन्त्री शिशिर खनालले एक कार्यक्रमबीच उक्त एपको उद्घाटन गरेका छन् ।

 

१२ जेठ, काठमाडौं ।

विदेशमा रहेका नेपालीहरूको लागि परराष्ट्र मन्त्रालयले मोफा मित्र एप ल्याएको छ । परराष्ट्र अन्तर्गतको कन्सुलर सेवा विभागले उक्त एप सञ्चालनमा ल्याएको हो । परराष्ट्रमन्त्री शिशिर खनालले एक कार्यक्रमबीच उक्त एपको उद्घाटन गरेका छन् । आफ्नो स्मार्टफोनमा उक्त एप डाउनलोड गरेर विदेशमा रहेका नेपाली तथा उनीहरूका आफन्तले आफ्नो गुनासो तथा समस्या राख्ने सक्नेछन् ।

विभागका महानिर्देशक दुरपदा सापकोटाले विदेशमा रहेका नेपालीहरूका उजुरी, गुनासा, उद्धार लगायतका कार्य उक्त एप मार्फत सहजै गर्न सक्ने बताइन् । हाल सञ्चालनमा रहेको अनलाइन प्रणालीमा उजुरी तथा समस्या राख्न सक्छन् । तर, उक्त अनलाइनमा भने विभागमा उजुरी आइसकेपछि विभागले सम्बन्धित नियोगमा पठाउने गरेको छ । तर उक्त एपमार्फत सिधै नियोगमा उजुरी गर्ने उनको भनाइ छ । उद्घाटनमा मन्त्री खनालले सहज पहुँच सुनिश्चित गर्नका लागि उक्त एप सञ्चालनमा ल्याइएको बताए । विदेशमा रहेका नेपालीहरू समस्यामा परेको खण्डमा वा उद्धार गर्नुपर्ने अवस्था आएको खण्डमा एप मार्फत नै सहज हुने बताए । ‘एउटा एपले यहाँहरूको गुनासो सम्बोधन हुन्छ भन्ने हाम्रो अपेक्षा छ । प्रविधिको अत्यधिक प्रयोग गरेर समस्यामा परेका नेपालीका समस्या समाधान गर्न हामी प्रतिबद्ध छौं,’ मन्त्री खनालले भने । प्रविधिमार्फत हरेक नेपालीको हातहातमा पुर्‍याउने उद्देश्यसहित एप सञ्चालनमा ल्याइएको विभागले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बृहत् नागरिक आन्दोलनका अभियन्ताहरु पक्राउ
बृहत् नागरिक आन्दोलनका अभियन्ताहरु पक्राउ
सकियो समानुपातिकतर्फको मतगणना
सकियो समानुपातिकतर्फको मतगणना
भारत–पाकिस्तान तनावबारे सरकारको धारणा सार्वजनिक गर्न सांसदहरूको माग
भारत–पाकिस्तान तनावबारे सरकारको धारणा सार्वजनिक गर्न सांसदहरूको माग
छहरे झरना : बागलुङको नयाँ पर्यटकीय आकर्षण
छहरे झरना : बागलुङको नयाँ पर्यटकीय आकर्षण
शिक्षकहरूको आन्दोलनमा घुसपैठ, एक जना पक्राउ
शिक्षकहरूको आन्दोलनमा घुसपैठ, एक जना पक्राउ
काठमाडौंको बौद्धमा ‘हरिमा जापानिज रेस्टुरेन्ट’ सञ्चालनमा, जापानी राजदूतद्वारा उद्घाटन
काठमाडौंको बौद्धमा ‘हरिमा जापानिज रेस्टुरेन्ट’ सञ्चालनमा, जापानी राजदूतद्वारा उद्घाटन
चन्द्रागिरिमा वृद्धा ह*त्या प्रकरण : कारण बन्यो जग्गा विवाद, छोरापछि आमा पनि पक्राउ
चन्द्रागिरिमा वृद्धा ह*त्या प्रकरण : कारण बन्यो जग्गा विवाद, छोरापछि आमा पनि पक्राउ
प्रतिपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
प्रतिपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
सर्लाहीमा बस दुर्घटना हुँदा १५ जना घाइते, चालक फरार
सर्लाहीमा बस दुर्घटना हुँदा १५ जना घाइते, चालक फरार
आजको मौसम : यी स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी, असिना सहित मध्यम वर्षाको सम्भावना
आजको मौसम : यी स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी, असिना सहित मध्यम वर्षाको सम्भावना