संघीय निजामती विधेयकबारे प्रचण्ड– समितिमा सहमति भएका विधेयकमा छेडखानी नहोस्

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ११, २०८२
|
|
२६ पटक हेरिएको
Shares
संघीय निजामती विधेयकबारे प्रचण्ड– समितिमा सहमति भएका विधेयकमा छेडखानी नहोस्

सारांश

  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिमा सहमति भइसकेको विधेयक संसद्को कार्यसूचीमा चढेर पनि फिर्ता हुनु गम्भीर विषय रहेको बताएका छन् ।
  •   समितिमा सहमति भएका विधेयकमा छेडखानी नगर्न उनले सरकारको ध्यानाकर्षण गराए ।
  • बुधवार बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा प्रचण्डले संघीय निजामती विधेयक संसद्को कार्यसूचीमा परेर पनि स्थगित हुनु गम्भीर विषय रहेको बताएका हुन् ।

११ असार, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिमा सहमति भइसकेको विधेयक संसद्को कार्यसूचीमा चढेर पनि फिर्ता हुनु गम्भीर विषय रहेको बताएका छन् ।  समितिमा सहमति भएका विधेयकमा छेडखानी नगर्न उनले सरकारको ध्यानाकर्षण गराए । बुधवार बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा प्रचण्डले संघीय निजामती विधेयक संसद्को कार्यसूचीमा परेर पनि स्थगित हुनु गम्भीर विषय रहेको बताएका हुन् ।‘समितिमा सहमति भएका विषयलाई छेडखानी गर्ने काम नहोस्, यहाँ सर्वसम्मत भएका कुरालाई बिगार्ने काम नहोस्,’ उनले भने, ‘यहाँबाट पारित भएका विधेयक समयमा पारित हुन्, गृहमन्त्री र रक्षामन्त्रीसहित सबैको ध्यानाकर्षण गराउँछु ।’

समिति सभापति रामहरि खतिवडाले कार्यसूचीमा चढेर पनि फिर्ता भएको संघीय निजामती विधेयक छिट्टै पारित हुने अपेक्षा रहेको बताएका थिए । ‘कुलिङ पिरयड’सम्बन्धी व्यवस्थाका कारण विधेयक पारित हुन ढिलाइ भइरहेको छ । सरकारसँग समझदारी बनाऔं भन्नुको कारण पनि कतिपय विधेयक पारित गर्नुपर्ने टड्कारो रहेको उनले बताए । ‘विद्यालय शिक्षा ऐन असार १५ सम्म ल्याउने भनेर सरकारले शिक्षकसँग सहमति गरेको थियो । तर, आफैंले गरेको सहमति विपरीत विद्यालय शिक्षा विधेयक अगाडि बढेको छैन, त्यत्तिकै टारिने त होइन ? अहिले अलिबढी चिन्ता भइरहेको छ,’ प्रचण्डले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले संसद्को अपमान गर्नुभयो : प्रभु शाह
प्रधानमन्त्रीले संसद्को अपमान गर्नुभयो : प्रभु शाह
एमाले संसदीय दलको बैठक जारी
एमाले संसदीय दलको बैठक जारी
झापामा महिलाको शंकास्पद मृत्यु, श्रीमान पक्राउ
झापामा महिलाको शंकास्पद मृत्यु, श्रीमान पक्राउ
जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि काठमाडाैंबाट निःशुल्क बससेवा
जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि काठमाडाैंबाट निःशुल्क बससेवा
संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्
संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्
निर्वाचनका लागि सुरक्षा व्यवस्था कमजोर छ भन्नु उपयुक्त छैन : मन्त्री सिन्हा
निर्वाचनका लागि सुरक्षा व्यवस्था कमजोर छ भन्नु उपयुक्त छैन : मन्त्री सिन्हा
सुनको मूल्य घट्दा चाँदी बढ्यो
सुनको मूल्य घट्दा चाँदी बढ्यो
आईपीएल फाइनल भागदौड घटना: रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुखसहित ३ जना पक्राउ
आईपीएल फाइनल भागदौड घटना: रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुखसहित ३ जना पक्राउ
जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति
जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति
प्रधानमन्त्री चीन गएपछि कार्यवाहकको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
प्रधानमन्त्री चीन गएपछि कार्यवाहकको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई