गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २२, २०८३
|
|
५६ पटक हेरिएको
Shares
गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौता

सारांश

  • सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच आर्थिक वर्ष २०८३/८४ का लागि पहिलोपटक कार्यसम्पादन सम्झौता भएको छ।
  • गाउँपालिका अध्यक्ष राजकुमार महतो र प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साहबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
  • गाउँपालिका स्थापना भएको १० वर्षपछि पहिलोपटक यस्तो सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ।

२२ असोज, सर्लाही ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच आर्थिक वर्ष २०८३/८४ का लागि पहिलोपटक कार्यसम्पादन सम्झौता भएको छ। गाउँपालिका अध्यक्ष राजकुमार महतो र प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साहबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो। गाउँपालिका स्थापना भएको १० वर्षपछि पहिलोपटक यस्तो सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ।

स्थानीय तहमा सुशासन प्रवर्द्धन, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा जिम्मेवारी र उत्तरदायित्वलाई स्पष्ट पार्ने उद्देश्यले कार्यसम्पादन सम्झौता गरिएको गाउँपालिकाको भनाइ छ। संघीय शासन प्रणालीलाई थप सबल बनाउने, स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धि गर्ने तथा पारदर्शिता र जवाफदेहितालाई मजबुत बनाउने लक्ष्यसहित सम्झौता गरिएको बताइएको छ।
सम्झौतामा बजेट तथा कार्यक्रम कार्यान्वयन, कानुन तथा कार्यविधि निर्माण, अनुगमन तथा मूल्याङ्कन, अभिलेख व्यवस्थापन, प्रतिवेदन पेस गर्ने लगायतका विषय समेटिएका छन्। सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रण तथा कार्यसम्पादनको नियमित समीक्षा गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।

सम्झौतापछि प्रतिक्रिया दिँदै गाउँपालिका अध्यक्ष महतोले कार्यसम्पादन सम्झौताले गाउँपालिकाको कामकारबाहीलाई थप व्यवस्थित, पारदर्शी र नतिजामुखी बनाउन सहयोग पुग्ने बताए।
“चन्द्रनगर गाउँपालिकामा सुशासन र उत्तरदायित्वलाई संस्थागत गर्न यो महत्वपूर्ण कदम हो,” उनले भने, “जनताले अनुभूति गर्ने गरी सेवा प्रवाहमा सुधार ल्याउने, विकास निर्माणका कामलाई समयमै सम्पन्न गर्ने र प्रशासनिक संयन्त्रलाई थप जिम्मेवार बनाउने उद्देश्यले कार्यसम्पादन सम्झौता गरेका हौं।”

उनले स्थानीय तहको लक्ष्य, योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्य अझ बलियो हुने विश्वास व्यक्त गरे।
स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच आर्थिक वर्षको सुरुमै कार्यसम्पादन सम्झौता गर्ने व्यवस्था रहे पनि अधिकांश स्थानीय तहमा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
६ गतेको एमालेको प्रदर्शनपछि जेनजीकी हजुरआमा सुशीला कार्कीले राजीनामा दिनुपर्छ’
६ गतेको एमालेको प्रदर्शनपछि जेनजीकी हजुरआमा सुशीला कार्कीले राजीनामा दिनुपर्छ’
आर्थिक वर्षको बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल
आर्थिक वर्षको बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
हितेन्द्रले फेसबुकबाटै दिए मन्त्री बनेका कुलमानलाई बधाई
हितेन्द्रले फेसबुकबाटै दिए मन्त्री बनेका कुलमानलाई बधाई
गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग
गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग
संसद् पुनर्स्थापनाको विपक्षमा राप्रपा
संसद् पुनर्स्थापनाको विपक्षमा राप्रपा
मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त
मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त
अछाममा करेन्ट लागेर एक जनाको मृ*त्यु
अछाममा करेन्ट लागेर एक जनाको मृ*त्यु
विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल
विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल