चारदेशीय टी-२०; ललितले लिए एकै ओ‌भरमा दुई विकेट, पानी परेपछि रोकियो खेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
१८ पटक हेरिएको
Shares
चारदेशीय टी-२०; ललितले लिए एकै ओ‌भरमा दुई विकेट, पानी परेपछि रोकियो खेल

सारांश

  • मिसन रोड मैदानमा टस जितेर बलिङ रोजेको नेपालका लागि ललित राजबंशीले नवौं ओ‌भरको पहिलो र तेस्रो बलमा क्रमश: जिशान अली र निजाकत खानलाई पेभेलियनको बाटो देखाएका हुन्।
  • अली २० रन बनाएर खेलिरहँदा खानले १३ रन बनाएका थिए।
  • अली र खान दुवैलाई कप्तान रोहित पौडेलले क्याच आउट गरेका हुन्।

 

३० चैत,  काठमाडौं :

हङकङमा जारी चारदेशीय टी-२० सिरिजको समूह चरणको अन्तिम खेलमा घरेलु टोलीविरुद्ध नेपालका ललित राजवंशीले एकै ‌ओभरमा दुई विकेट लिएका छन्। मिसन रोड मैदानमा टस जितेर बलिङ रोजेको नेपालका लागि ललित राजबंशीले नवौं ओ‌भरको पहिलो र तेस्रो बलमा क्रमश: जिशान अली र निजाकत खानलाई पेभेलियनको बाटो देखाएका हुन्।

अली २० रन बनाएर खेलिरहँदा खानले १३ रन बनाएका थिए। अली र खान दुवैलाई कप्तान रोहित पौडेलले क्याच आउट गरेका हुन्। यस अगाडि ३.५ ओभरमा नन्दन यादवले हङकङका अंशुमन रथलाई पेभेलियन फर्काएका थिए। १७ रन बनाएर खेलिरहेका उनी रिजन ढकालबाट क्याच आउट भएका थिए। नौ ओभरको सकिँदा हङकङले तीन विकेट गुमाएर ६८ रन बनाउँदा पानी परेपछि खेल रोकिएको छ। आजको खेलको विजेताले फाइनलमा कुवेतसँग भिड्नेछ। फाइनल खेल भोलि विहान सवा ११ बजेबाट सुरू हुनेछ। त्यसअघि तेस्रो स्थानका लागि भोलि विहान पौने सात बजे अर्को खेल हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?