दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १२, २०८१
|
|
२६ पटक हेरिएको
Shares
दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो

सारांश

  • नेपालले दृष्टिविहीन क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको छ ।
  • पाकिस्तानमा जारी विश्वकपमा नेपालले दोस्रो जित दर्ता गरेको हो ।
  • नेपालका नरेश चौधरीले उत्कृष्ट प्रदर्शन गरे।

१२ मंसिर, काठमाडौं । नेपालले दृष्टिविहीन क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको छ । पाकिस्तानमा जारी विश्वकपमा नेपालले दोस्रो जित दर्ता गरेको हो ।

नेपालका नरेश चौधरीले उत्कृष्ट प्रदर्शन गरे। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो ।नेपालका लागि ओपनर भरत थापाले ११ रन बनाउँदा नरेशले ५७ बलमा ८० रनको योगदान गरे। उनले चार चौकाको सहयोगमा ८० रन प्रहार गरेका हुन्। त्यसैगरी सागर लामाले ४० रन जोड्दा पदक बडाइलाको नाममा ३४ रन रह्यो। नेपालविरुद्ध दक्षिण अफ्रिकाले सात बलर प्रयोग गरेको भए पनि बुहले बिड्लाले मात्र विकेट लिन सके ।

यता, नेपालका भरत, नरेश र सागर रनआउट भए। जवाफमा एक सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकी टोलीले २० ओभरमा दुई विकेट मात्रै गुमाए पनि एक सय ८७ रन मात्रै बनाउन सक्यो।लक्ष्य नजिक पुगेको भए पनि जित दर्ता गर्न सकेन। उसका लागि ओपनर लेसिवा माथापोले ४६ रन बनाए भने बुहलेले ७१ बलमा शतक प्रहार गरे। उनले ८ चौकाको मद्दतमा सय रन बनाएका हुन्। नेपाली खेलाडी विकेटविहीन बन्दा दक्षिण अफ्रिकाका दुई खेलाडी रनआउट भए। नेपाल नेत्रहीन टोलीले हिजो भएको खेलमा अफगानिस्तानलाई एक सय ८ रनले हराएको थियो। त्यसअघि भएका दुई खेलमा भने नेपाल श्रीलंका र बंगलादेशसँग पराजित भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकपमा आयोजक अमेरिकाको शानदार सुरुवात
विश्वकपमा आयोजक अमेरिकाको शानदार सुरुवात
प्रचण्डको दाबी- एमाले छाडेर सबै यता आउँछन्
प्रचण्डको दाबी- एमाले छाडेर सबै यता आउँछन्
रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न घण्टीघर पुगे डा.सिके राउत
रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न घण्टीघर पुगे डा.सिके राउत
सरकारी निकायलाई नयाँ गाडी किन्न अर्थको सहमति अनिवार्य
सरकारी निकायलाई नयाँ गाडी किन्न अर्थको सहमति अनिवार्य
स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छः हितराज पाण्डे
स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छः हितराज पाण्डे
ड्रोन निर्माण गर्ने कम्पनीमा आ*गलागी, कम्तीमा २२ जनाको मृ*त्यु
ड्रोन निर्माण गर्ने कम्पनीमा आ*गलागी, कम्तीमा २२ जनाको मृ*त्यु
स्रोत नखुलेको साढे २० लाख रकमसहित जनकपुरबाट एकयुवक  पक्राउ
स्रोत नखुलेको साढे २० लाख रकमसहित जनकपुरबाट एकयुवक पक्राउ
कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य
कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य
मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै
मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै
युनिटी कप टी–२० खेल्न राष्ट्रिय टिमले पायो यूएईको भिसा
युनिटी कप टी–२० खेल्न राष्ट्रिय टिमले पायो यूएईको भिसा