मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु, अपराध नियन्त्रणमा थप मेहनत गर्न गृहमन्त्रीको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ९, २०८२
|
|
३५ पटक हेरिएको
Shares
मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु, अपराध नियन्त्रणमा थप मेहनत गर्न गृहमन्त्रीको निर्देशन

सारांश

  •   मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु भएको छ ।
  • शुक्रबार जनकपुरधाममा चार सुरक्षा निकायको उपस्थितिमा बैठक सुरु भएको हो ।
  • बैठकमा नेपाल प्रहरीका प्रमुख दीपक थापा, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल, नेपाली सेनाका रथी निर्मल कुमार थापा, मध्यपूर्वी पृतना मुख्यालयका पृतनापति कृष्णबहादुर जिसी, एनडीआरआरएमएका प्रमुख दिनेश भट्ट, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रदेशका डिआइजी, आठ वटै जिल्लाका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थितिमा बैठक सुरु भएको हो ।

 

९ जेठ, जनकपुरधाम  । 

मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु भएको छ । शुक्रबार जनकपुरधाममा चार सुरक्षा निकायको उपस्थितिमा बैठक सुरु भएको हो । बैठकमा नेपाल प्रहरीका प्रमुख दीपक थापा, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल, नेपाली सेनाका रथी निर्मल कुमार थापा, मध्यपूर्वी पृतना मुख्यालयका पृतनापति कृष्णबहादुर जिसी, एनडीआरआरएमएका प्रमुख दिनेश भट्ट, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान

निर्देशक हुतराज थापा, प्रदेशका डिआइजी, आठ वटै जिल्लाका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थितिमा बैठक सुरु भएको हो । उद्घाटन सत्रमा गृह मन्त्री रमेश लेखकले अपराध नियन्त्रणमा थप मेहनत गर्न निर्देशन दिएका छन् । ‘गोष्ठी सार्थक हुनुपर्छ । छलफल मात्रै गरेर हुँदैन, उपयोगिता पनि देखिनुपर्छ,’ उनले भने, ‘त्यस कारण यहाँको अपराध नियन्त्रण गर्न थप मेहनत गर्नु पर्ने देखिन्छ । सबै जना आ–आफ्नो ठाउँबाट गर्नुहोस् ।’ मधेशमा लागूऔषध नियन्त्रण, सडक दुर्घटना, आत्महत्या, साइबर अपराध मुख्य समस्याका रूपमा देखिएको उल्लेख गर्दै सबै समस्या आपसमा जोडिएका हुनाले त्यसतर्फ ध्यानाकर्षण गराइयो । ‘चोरी निकासी पनि धेरै मात्रामा भइरहेको छ । राजस्व घटिरहेको छ,’ उनले भने, ‘यसको नियन्त्रण गर्न पनि मेहनत गर्न लाग्नुहोस् ।’ विपद् व्यवस्थापनमा विशेष योजना बनाउन पनि उनले बताए ।

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रहरी समायोजन छिटोभन्दा छिटो अगाडि बढाउन आग्रह गरेका थिए । ‘प्रहरी बिना काम गर्न अति नै कठिनाइ भएको छ,’ उनले भने । अस्पताल अनुगमनको सुरुआतमा प्रहरीले साथ दिएको भए पनि अहिले नदिएकोप्रति उनले गुनासो गरे । ‘प्रहरी चौकीहरूको बिजोग अवस्था छ । त्यस्ता चौकी निर्माणमा संघीय सरकारले ध्यान दिएको छैन,’ उनले भने, ‘मधेश प्रदेश सरकारको स्रोतसाधनले सम्भव छैन ।’ भारतबाट विषादीसहितका सामान आइरहेकोप्रति उनले प्रहरीको ध्यानाकर्षण गराए । राष्ट्र कुखुरा, अण्डा र माछामा आत्मनिर्भर भए पनि भारतबाट विषादीसहितका सामान प्रहरीकै मिलेमतोमा आउने गरेको उनले जिकिर गरे । गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले पनि अपेक्षा र कार्य योजना अनुसार काम गर्न नसकिएको बताए । सशस्त्र प्रहरीले केही बीओपीमा बस्न आवास अभाव रहेको र भर्‍याङमा सुत्नुपर्ने अवस्था रहेको सुनाए । तथापि प्रहरी उच्च मनोबलका साथ काम गरिरहेको पनि उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता
स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता
सांसद शाहीको प्रधानमन्त्रीलाई प्रश्न: क्रिकेट खेलाडीलाई दिने भनिएको रकम किन रोकेको ?
सांसद शाहीको प्रधानमन्त्रीलाई प्रश्न: क्रिकेट खेलाडीलाई दिने भनिएको रकम किन रोकेको ?
आज पनि बढ्यो अमेरिकी डलरको मूल्य
आज पनि बढ्यो अमेरिकी डलरको मूल्य
सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त
सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त
आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
दरबारमार्गको कन्सर्टमा कुटिए बालेनका समर्थक
दरबारमार्गको कन्सर्टमा कुटिए बालेनका समर्थक
उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ
उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ
२६ लाख ५० हजारसहित हुन्डी कारोबारमा ‘संलग्न’ चारजना पक्राउ
२६ लाख ५० हजारसहित हुन्डी कारोबारमा ‘संलग्न’ चारजना पक्राउ
गणतन्त्र पक्षधर एक हुने ओली, देउवा र प्रचण्डबीच सहमति
गणतन्त्र पक्षधर एक हुने ओली, देउवा र प्रचण्डबीच सहमति
बालेन, हर्क र महेशसहित ५ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
बालेन, हर्क र महेशसहित ५ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण