आन्दोलित कर्मचारी र कर्णाली सरकारबीच १४ बुँदे सहमति, आन्दोलन स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २०, २०८२
|
|
६३ पटक हेरिएको
Shares
आन्दोलित कर्मचारी र कर्णाली सरकारबीच १४ बुँदे सहमति, आन्दोलन स्थगित

सारांश

  • कर्णालीका आन्दोलित कर्मचारी र प्रदेश सरकारबीच १४ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको छ ।
  • स्थानीय तहका कर्मचारीहरू कर्णालीको स्थानीय सेवा गठन तथा सञ्चालन ऐनमा विभेद गरिएको भन्दै दुई साता यता आन्दोलित थिए ।
  • प्रदेशका ७९ वटै स्थानीय तहका कर्मचारीहरू काम ठप्प पार्दै वीरेन्द्रनगर केन्द्रीत आन्दोलन गरिरहेका थिए ।

२० जेष्ठ, सुर्खेत ।

कर्णालीका आन्दोलित कर्मचारी र प्रदेश सरकारबीच १४ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको छ । स्थानीय तहका कर्मचारीहरू कर्णालीको स्थानीय सेवा गठन तथा सञ्चालन ऐनमा विभेद गरिएको भन्दै दुई साता यता आन्दोलित थिए । प्रदेशका ७९ वटै स्थानीय तहका कर्मचारीहरू काम ठप्प पार्दै वीरेन्द्रनगर केन्द्रीत आन्दोलन गरिरहेका थिए । प्रदेश सरकारद्वारा आन्दोलनरत कर्मचारीसँग वार्ता गर्न गठित समितिसँग १४ बुँदे सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो ।

शुक्रबार प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव (कानुन) वीरेन्द्रबहादुर केसीको संयोजकत्वमा वार्ता तथा सहजीकरण समिति गठन गरेको थियो । उक्त वार्ता तथा सहजीकरण समिति र स्थानीय सेवा कर्मचारी सञ्जाल कर्णाली प्रदेश समिति बीचको वार्ता तथा छलफलपछि सहमति जुटेको हो । आर्थिक वर्ष सकिने बेला कर्मचारीले गरेको आन्दोलनले स्थानीय तहको काम प्रभावित भएको थियो ।

स्थानीय तहमा कार्यरत कर्मचारीहरूले आफ्नो वृत्ति विकासमा विभेद गरिएको भन्दै आन्दोलन गरेका हुन् । आन्दोलनपश्चात् सरकारले यही जेठ २ मा स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा दर्ता गरिसकेको छ । उक्त संशोधन गर्न बनेको विधेयकमा स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको वृत्ति विकासमा प्रत्यक्ष असर पर्ने देखिएकोले विभिन्न दफा उपदफाहरूमा संशोधन गर्ने सहमति भएको छ ।

मूल ऐनका विषयहरू सम्बोधन गर्न कर्णाली प्रदेशका प्रमुख सचिवमार्फत प्रदेश सरकार समक्ष वार्ता तथा सहजीकरण समितिले सिफारिस गर्ने सहमति भएको कर्मचारी सञ्जाल कर्णाली प्रदेश संयोजक विक्रम शाहीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ ड्राइभिङ लाइसेन्सका लागि बन्द प्रणाली सञ्चालनमा
नयाँ ड्राइभिङ लाइसेन्सका लागि बन्द प्रणाली सञ्चालनमा
राष्ट्रपति पौडेल पनि रोपाइँमा सहभागी
राष्ट्रपति पौडेल पनि रोपाइँमा सहभागी
बंगलादेशमा विमान दुर्घटना : मृतकको संख्या २७ पुग्यो, १७१ जना घाइते
बंगलादेशमा विमान दुर्घटना : मृतकको संख्या २७ पुग्यो, १७१ जना घाइते
एमालेको ५९ जिल्लाको अधिवेशन सम्पन्‍न
एमालेको ५९ जिल्लाको अधिवेशन सम्पन्‍न
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री सिंहलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री सिंहलाई
निजामतीमा समेट्नुपर्ने १९ बुँदे मागपत्र प्रचण्डलाई हस्तान्तरण
निजामतीमा समेट्नुपर्ने १९ बुँदे मागपत्र प्रचण्डलाई हस्तान्तरण
नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो
नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो
बिहीबारदेखि लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव
बिहीबारदेखि लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव
पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्विप’
पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्विप’
धादिङमा ट्याक्टर दुर्घटना,  दुई युवकको मृत्यु
धादिङमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु