हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ४, २०८२
|
|
४९ पटक हेरिएको
Shares
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री

सारांश

  •   परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको बताएकी छन् ।
  • गत शुक्रबारदेखि  जारी सगरमाथा संवादको समापन सत्रमा आज उनले भनिन्, “संवादको यो संस्करणले उच्च हिमालदेखि टापु राष्ट्रका नेता, नीति निर्माता, विज्ञहरू, शिक्षाविद्, युवा, नागरिक समाज, अन्तरराष्ट्रिय सङ्गठन र समुदायका आवाजलाई वास्तविक संवादको भावनामा एकसाथ ल्याएको छ ।
  • ” संवादका निष्कर्षको कार्यान्वयन र लक्ष्यित उपलब्धि हासिल गर्न सामूहिक प्रयत्न आवशयक पर्ने उल्लेख गर्दै मन्त्री डा राणाले संवाद एउटा कार्यक्रम मात्र नभइ विचारको सङ्गम र साझा जिम्मेवारीको उत्सव भएको बताइन् ।

४ जेठ, काठमाडौं । 

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको बताएकी छन् । गत शुक्रबारदेखि  जारी सगरमाथा संवादको समापन सत्रमा आज उनले भनिन्, “संवादको यो संस्करणले उच्च हिमालदेखि टापु राष्ट्रका नेता, नीति निर्माता, विज्ञहरू, शिक्षाविद्, युवा, नागरिक समाज, अन्तरराष्ट्रिय सङ्गठन र समुदायका आवाजलाई वास्तविक संवादको भावनामा एकसाथ ल्याएको छ ।”

संवादका निष्कर्षको कार्यान्वयन र लक्ष्यित उपलब्धि हासिल गर्न सामूहिक प्रयत्न आवशयक पर्ने उल्लेख गर्दै मन्त्री डा राणाले संवाद एउटा कार्यक्रम मात्र नभइ विचारको सङ्गम र साझा जिम्मेवारीको उत्सव भएको बताइन् । उनले भनिन्, “सगरमाथाले हाम्रो दृढताको सम्झना गराउँदै अटल उभिएको जस्तै, यो संवादको नतिजाले हामीलाई हाम्रो सङ्कल्पको सम्झना गराओस् ।” संवादमा छलफल भएका विषय र सुझावलाई विभिन्न अन्तरराष्ट्रिय मञ्चमा उठाइने उनले जानकारी दिइन् । उक्त विषय यसै महिनाको अन्त्यमा ताजकिस्तानमा हुने हिमनदी संरक्षणसम्बन्धी उच्चस्तरीय अन्तरराष्ट्रिय सम्मेलन,संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभा तथा यसै वर्ष ब्राजिलमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप-३० लगायत अन्तरराष्ट्रिय मञ्चमा उठाइने उनले बताइन्। सगरमाथा संवादको दोस्रो संस्करण सन् २०२७ मा हुने जानकारी परराष्ट्रमन्त्रीले दिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा बोलेरोको ठक्करबाट एक जनाको मृ*त्यु
सर्लाहीमा बोलेरोको ठक्करबाट एक जनाको मृ*त्यु
उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा
उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा
श्रीलंकामा भीषण बाढी, कम्तीमा ५६ जनाको मृ*त्यु
श्रीलंकामा भीषण बाढी, कम्तीमा ५६ जनाको मृ*त्यु
गोडैता उखु आगलागी पीडित किसानलाई राहत माग्दै कृषि मन्त्रालयमा ज्ञापनपत्र
गोडैता उखु आगलागी पीडित किसानलाई राहत माग्दै कृषि मन्त्रालयमा ज्ञापनपत्र
प्रदेश अस्पताल सुर्खेतमा २५ लाख भ्रष्टाचार, लेखा अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा
प्रदेश अस्पताल सुर्खेतमा २५ लाख भ्रष्टाचार, लेखा अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा
नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्छ : प्रधानमन्त्री ओली
नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्छ : प्रधानमन्त्री ओली
राजावादी र गणतन्त्रवादीका दुवै प्रदर्शनमा रास्वपा सहभागी नहुने
राजावादी र गणतन्त्रवादीका दुवै प्रदर्शनमा रास्वपा सहभागी नहुने
राजावादीको आन्दोलनबारे छानविन सुरु भइसक्यो, जोसुकै भएपनि कारबाही हुन्छ – प्रधानमन्त्री ओली
राजावादीको आन्दोलनबारे छानविन सुरु भइसक्यो, जोसुकै भएपनि कारबाही हुन्छ – प्रधानमन्त्री ओली
मिडिया क्षेत्रलाई संसद अन्तर्गत राख्नुपर्छः सांसद भट्टराई
मिडिया क्षेत्रलाई संसद अन्तर्गत राख्नुपर्छः सांसद भट्टराई
उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता, चाँडै जिम्मेवारी बाँडफाँट हुने
उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता, चाँडै जिम्मेवारी बाँडफाँट हुने