देउवाले बोलाए पदाधिकारी र सिनियर नेताको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १६, २०८१
|
|
२५ पटक हेरिएको
Shares
देउवाले बोलाए पदाधिकारी र सिनियर नेताको बैठक

सारांश

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्व पदाधिकारी र सिनियर नेताको बैठक बोलाएका छन्।
  • आन्तरिक संगठन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
  • ‘असार १५ गतेदेखि कांग्रेसका केही भ्रातृ संस्थाको म्याद सकिँदै छ ।

१६ असार, काठमाडौँ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्व पदाधिकारी र सिनियर नेताको बैठक बोलाएका छन्।

आन्तरिक संगठन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘असार १५ गतेदेखि कांग्रेसका केही भ्रातृ संस्थाको म्याद सकिँदै छ । यसैले यी संस्थाको विषयमा अब कसरी अगाडि बढ्ने, विभाग गठन र अरु संरचनालाई पूर्णता दिने विषयमा पनि छलफल गर्न पदाधिकारी, पूर्व पदाधिकारी र सिनियर नेताको बैठक बोलाइएको हो,’ पौडेलले ‘यी बाहेक समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।

बैठक सोमबार दिउँसो ३ बजे सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्नेछ । देउवाले शनिबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तीन घण्टा लामो छलफल गरेका थिए । छलफलमा कांग्रेस र एमाले मिलेर जानुपर्ने विषयमा संवाद प्रारम्भ भएको नेताहरूले बताएका छन् । यही बेला देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएर छलफल गर्न खोज्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने
तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने
पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा, आज जानकी मन्दिर दर्शन गर्ने
पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा, आज जानकी मन्दिर दर्शन गर्ने
प्रत्यक्ष निर्वाचन लड्न नारायणकाजीले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा
प्रत्यक्ष निर्वाचन लड्न नारायणकाजीले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा
जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई
जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
संसद्को कार्यसूचीमा फेरि चढ्यो भूमि विधेयक
संसद्को कार्यसूचीमा फेरि चढ्यो भूमि विधेयक
वीरगन्जको गोल्डेन ह*त्या प्रकरण: थप १ जना पक्राउ
वीरगन्जको गोल्डेन ह*त्या प्रकरण: थप १ जना पक्राउ
राष्ट्रिय क्रिकेट टोली आज यूएई जाँदै
राष्ट्रिय क्रिकेट टोली आज यूएई जाँदै
सत्ता गठबन्धनको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल, यस्ता छन् दलहरूले दिएका सुझाव
सत्ता गठबन्धनको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल, यस्ता छन् दलहरूले दिएका सुझाव
जितिया पर्वको निराहार व्रत आज
जितिया पर्वको निराहार व्रत आज