यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी, प्रश्नपत्र जिल्ला-जिल्लामा पठाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २२, २०८१
|
|
२७ पटक हेरिएको
Shares
यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी, प्रश्नपत्र जिल्ला-जिल्लामा पठाइँदै

सारांश

  • आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा लागि ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।
  • राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका छन् ।
  • निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीका अनुसार परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको छ ।

 

२२ फागुन, काठमाडौं । आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा लागि ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका छन् ।

निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीका अनुसार परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको छ । ‘परीक्षा केन्द्र केही थपघट हुनसक्छ,’ ज्ञवालीले भने । धमाधम प्रश्नपत्र छपाइ, जिल्ला-जिल्लामा पठाइँदै विद्यार्थीले भरेको फारमको आधारमा प्रश्नपत्र छपाइको काम धमाधम भइरहेको छ । निमित्त परीक्षा नियन्त्रक ज्ञवालीका अनुसार जनक शिक्षा सामग्री केन्द्रमा प्रश्नपत्र छपाइको काम भइरहेको छ । प्रश्नपत्रको गोपनीयताको लागि परीक्षा नियन्त्रक नन्दलाल पौडेल प्रश्नपत्र छपाइस्थलमै बसिरहेका छन् । ‘प्रश्नपत्रको सुरक्षा र गोपनीयताको लागि नन्दलाल सर छपाइस्थलमै बस्नु भएको हो,’ निमित्त नियन्त्रक ज्ञवालीले भने ।

प्रदेश-प्रदेशमा कार्यशाला गरेर ल्याइएको प्रश्नलाई छनोट गरेर प्रश्नपत्र बनाइएको छ । नियन्त्रक ज्ञवालीका अनुसार केन्द्रले प्रश्नपत्र मात्र छपाइ गर्ने र बाँकी व्यवस्थापनको काम प्रदेश र जिल्लाले गर्ने छ । ‘केन्द्रबाट प्रश्नपत्र छपाइको काम मात्र हो । परीक्षा केन्द्र जिल्ला स्थित परीक्षा समन्वय समितिले गर्ने छ,’ उनले भने । समन्वय समितको अध्यक्ष प्रमुख जिल्ला अधिकारी, सदस्य सचिवमा जिल्ला शिक्षा इकाइका प्रमुख र सदस्यमा सुरक्षा निकायका प्रमुख रहने छन् । प्रश्नपत्र छपाइसँगै जिल्ला जिल्लामा प्रश्नप्रत्र पुर्‍याउने काम भइरहेको छ । सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा प्रश्नपत्र पुगिसकेकेको छ । प्रदेशबाट जिल्ला जिल्लामा प्रश्नपत्र पुर्‍याइने छ । उत्तरपुस्तिका भने सम्बन्धित प्रदेशले नै छपाइ गरेर परीक्षा केन्द्रमा पठाउने छ ।

‘२७-२८ गतेसम्म सबै जिल्ला जिल्लामा प्रश्नपत्र पुगिसक्छ,’ निमित्त परीक्षा नियन्त्रक ज्ञवालीले भने,’ उत्तरपुस्तिका र परीक्षा केन्द्रको खर्चको व्यवस्थापन प्रदेशले गर्ने हो ।’ परीक्षा केन्द्रको सुरक्षाको व्यवस्था गृहमार्फत जिल्लास्थित सुरक्षा निकायबाट हुने निमित्त नियन्त्रक ज्ञावालीले बताए । परीक्षाको समयमा हुल बनाएर अनुगनम जान भने रोक लगाइएको छ । आवश्यकताको आधारमा जिल्लास्थिति परीक्षा समन्वय समितिले व्यवस्थापन गर्ने छ । जापानबाट पनि एसईई दिंदै परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपपटक पनि जापानबाट ३७ जना परीक्षार्थी सहभागी हुँदै छन् । ‘प्रश्नपत्र र उत्तरपुस्तिका पठाउने तयारी गरेका छौं,’ निमित्त नियन्त्रक ज्ञवालीले भने । उनका अनुसार परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण गर्न नेपालमै ल्याइने छ । ‘नेपालमै उत्तरपुस्तिका परीक्षण गरेर नतिजा निकाल्छौं,’ ज्ञवालीले भने ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरुले परीक्षा दिन लागेका हुन् । मुख्यगरी जापानको टोकियो रहेको एभरेस्ट इन्टरनेसनल स्कुलमा नेपाली कोर्स पढाइ हुने गरेको छ । नेपाली पाठ्यक्रम अनुसार नै नेपाली भाषा, नेपाली पाठ्यपुस्तक, नेपाली संस्कृति पढाइ हुन्छ । रोजगार र अध्ययनको सिलसिलामा जापान पुगेका नेपालीहरूले सन् २०१३ मा टोकियो सहरमा नेपाली विद्यालय खोल्ने निर्णय गरेका हुन् । जापानस्थित नेपाली दूतावासको पहलमा विद्यालय खोलिएको हो । उक्त विद्यालयमा १० कक्षासम्म नेपालबाट नै सम्बन्धन लिएर सञ्चालन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाको सनाखत, ६ जना एकै पालिकाका
कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाको सनाखत, ६ जना एकै पालिकाका
बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन
बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन
जेनजी आन्दोलनका घाइतेहरुको सिंहदरबार गेटमा धर्ना
जेनजी आन्दोलनका घाइतेहरुको सिंहदरबार गेटमा धर्ना
मधेश प्रदेशका वनमन्त्रीले दिए राजीनामा
मधेश प्रदेशका वनमन्त्रीले दिए राजीनामा
वीरगञ्जमा प्रदर्शनकारीले लगाए नेपाल टेलिकमको कार्यालयमा आगो
वीरगञ्जमा प्रदर्शनकारीले लगाए नेपाल टेलिकमको कार्यालयमा आगो
प्रधानमन्त्री र १३ नियोगका प्रमुखबीच छलफल : श्रम आप्रवासन र मानव तस्करी प्रमुख एजेन्डा
प्रधानमन्त्री र १३ नियोगका प्रमुखबीच छलफल : श्रम आप्रवासन र मानव तस्करी प्रमुख एजेन्डा
सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम
सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम
वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग पुनः बन्द
वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग पुनः बन्द
पहिरोमा परी बेपत्ता एक बालककाे शव फेला, मृत्यु हुनेकाे संख्या ९ पुग्याे
पहिरोमा परी बेपत्ता एक बालककाे शव फेला, मृत्यु हुनेकाे संख्या ९ पुग्याे
काभ्रेको पाँचखालमा बस दुर्घटना, ८ जना घाइते
काभ्रेको पाँचखालमा बस दुर्घटना, ८ जना घाइते