प्रधानमन्त्री र १३ नियोगका प्रमुखबीच छलफल : श्रम आप्रवासन र मानव तस्करी प्रमुख एजेन्डा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २५, २०८०
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्री र १३ नियोगका प्रमुखबीच छलफल : श्रम आप्रवासन र मानव तस्करी प्रमुख एजेन्डा

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विदेशस्थित नेपाली १३ नियोगका प्रमुखहरूबीच छलफल कार्यक्रम सुरु भएको छ ।
  • ‘श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिका’ नाम दिइएको उक्त छलफल कार्यक्रम दुई दिनसम्म चल्नेछ ।
  • कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्रसचिव भरतराज पौड्याल, १२ श्रम गन्तव्य राष्ट्रस्थित १३ नियोगका प्रमुख (राजदूत र महावाणिज्यदूत) सहभागी छन् ।

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विदेशस्थित नेपाली १३ नियोगका प्रमुखहरूबीच छलफल कार्यक्रम सुरु भएको छ । ‘श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिका’ नाम दिइएको उक्त छलफल कार्यक्रम दुई दिनसम्म चल्नेछ ।

कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्रसचिव भरतराज पौड्याल, १२ श्रम गन्तव्य राष्ट्रस्थित १३ नियोगका प्रमुख (राजदूत र महावाणिज्यदूत) सहभागी छन् । परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सम्बन्धित शाखाका कर्मचारी पनि कार्यक्रममा सहभागी छन् ।  प्रधानमन्त्री प्रचण्डले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्नका लागि आवश्यक छलफल गर्न नियोग प्रमुखहरूलाई काठमाडौंमा बोलाएका हुन् । कार्यक्रमको अध्यक्षता स्वयं प्रधानमन्त्रीले गरेका छन् ।

वैदेशिक श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम कार्यक्रमबाट गरिनेछ । विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ । बैठकबाट सुरक्षित श्रम गन्तव्यका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरानका मेयर हर्क साम्पाङले माफी मागेपछि कार्यपालिका बैठक सुरु
धरानका मेयर हर्क साम्पाङले माफी मागेपछि कार्यपालिका बैठक सुरु
मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले पावर प्लेमै जोड्यो बिनाक्षति ४८ रन
मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले पावर प्लेमै जोड्यो बिनाक्षति ४८ रन
प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई
प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै
एमालेको सचिवालय बैठक बस्दै
एमालेको सचिवालय बैठक बस्दै
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ आजदेखि
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ आजदेखि
इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण
इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण
चिठी लेखेर ९२ हजार माग्दै धम्की दिएको आरोपमा दुईजना पक्राउ
चिठी लेखेर ९२ हजार माग्दै धम्की दिएको आरोपमा दुईजना पक्राउ
मोदीले भेटे विमान दुर्घटना बाँचेका एक्ला यात्री, भन्छन्- मेरैअगाडि एयर होस्टेस र अरू यात्रु जलिरहेका थिए
मोदीले भेटे विमान दुर्घटना बाँचेका एक्ला यात्री, भन्छन्- मेरैअगाडि एयर होस्टेस र अरू यात्रु जलिरहेका थिए