Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पहिरोमा परी बेपत्ता एक बालककाे शव फेला, मृत्यु हुनेकाे संख्या ९ पुग्याे

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २३, २०८१
|
|
४३ पटक हेरिएको
Shares
पहिरोमा परी बेपत्ता एक बालककाे शव फेला, मृत्यु हुनेकाे संख्या ९ पुग्याे

सारांश

  • मृत फेला पर्नेमा ३ वर्षीय आरुष थापा रहेका छन्।
  • उद्धारमा खटिएको टोलीले बुधबार उनको शव फेला पारेको हो।
  • आरुषको शव भेटिएसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ।

 

२३ साउन, बागलुङ– बडिगाड गाउँपालिका वडा नम्बर १० आरुपाटामा पहिरोमा परी बेपत्ता भएका एक जनाकाे शव फेला परेकाे छ ।

मृत फेला पर्नेमा ३ वर्षीय आरुष थापा रहेका छन्। उद्धारमा खटिएको टोलीले बुधबार उनको शव फेला पारेको हो। आरुषको शव भेटिएसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ। यसअघि मंगलबार ८ जनाको मृत्यु भइसकेको छ।मंगलबार गएको पहिरोमा बेपत्ता अझै ३ जनाको अवस्था थाहा हुन सकेको छैन।

बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वलीका अनुसार ११ वर्षीय सुमन थापा, ७ वर्षीया मधु थापा र १० वर्षका मनोज बुढाको खोजी जारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?