बारामा १२ वर्षीया बालिकाको बलात्कार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ३, २०८१
|
|
१७ पटक हेरिएको
Shares
बारामा १२ वर्षीया बालिकाको बलात्कार

सारांश

  • निजगढ नगरपालिका-१३ मा आइतबार राती बालिकाको बलात्कार भएको हो।
  • सामान किनिदिने प्रलोभन देखाएर एक व्यक्तिले जंगलमा लगि बालिकाको बलात्कार गरेको प्रहरीको भनाइ छ।
  • बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बालिकाको बलात्कार भएको पुष्टि गरेका छन्।

 

३ मंसिर, सिमराःबाराको निजगढमा एक १२ वर्षीया बालिकाको बलात्कार भएको छ। निजगढ नगरपालिका-१३ मा आइतबार राती बालिकाको बलात्कार भएको हो।

सामान किनिदिने प्रलोभन देखाएर एक व्यक्तिले जंगलमा लगि बालिकाको बलात्कार गरेको प्रहरीको भनाइ छ। बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बालिकाको बलात्कार भएको पुष्टि गरेका छन्।

बलात्कृत बालिकालाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको छ। बालिका बलात्कार गरेको आशंकामा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका पुरुष मकवानपुरको रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?