सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशी थप ७ दिन हिरासत रहने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ११, २०८१
|
|
२१ पटक हेरिएको
Shares
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशी थप ७ दिन हिरासत रहने

सारांश

  • कास्की जिल्ला अदालतले शुक्रबार उनलाई थप ७ दिनसम्म कास्की प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
  • गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक/सेयर होल्डर तथा संचालकसमेत रहेका पूर्व डिआईजी जोशी गत आइतबार काठमाडौंबाट पक्राउ परेका हुन्।
  • उनलाई आइतबार राति नै बुद्ध एयरमार्फत पोखरा ल्याएर सोमबार जिल्ला अदालत उपस्थित गराइएकोमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सुरुमा ५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

 

११ असोज, पोखरा- सहकारी रकम अपचलन मुद्दामा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी थप ७ दिन हिरासतमा रहने भएका छन्।

कास्की जिल्ला अदालतले शुक्रबार उनलाई थप ७ दिनसम्म कास्की प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक/सेयर होल्डर तथा संचालकसमेत रहेका पूर्व डिआईजी जोशी गत आइतबार काठमाडौंबाट पक्राउ परेका हुन्। उनलाई आइतबार राति नै बुद्ध एयरमार्फत पोखरा ल्याएर सोमबार जिल्ला अदालत उपस्थित गराइएकोमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सुरुमा ५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। सहकारीको रकम अपचलन मुद्दामा

अनुसन्धानका लागि जोशीको यतिखेर जिल्ला सरकारी वकिलसमक्ष प्रहरीले बयान लिइरहेको छ। उनको गत मंगलबारदेखि बयान सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले सूर्य दर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलाई कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो। गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशन आधारमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी

टोलीले काठमाडौं १, नक्साल घर भएका ५९ वर्षीय जोशीलाई जरुरी पक्राउ पूर्जी जारी गर्दै नियन्त्रणमा लिइएको हो। पोखरा ४, नालाकोमुखस्थित सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेयर, बचत तथा जगेडा लगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधानविपरीत हिनामिना एवं अपचलन गरी सहकारी संस्थाबाट गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्क प्रालि (ग्यालेक्सी फोर के टिभी) मा लगानी गरी सहकारी ऐनको परिभाषित ठगीसम्बन्धी कसूरमा जोशी संलग्न रहेको कसूर छ। बयानका

क्रममा अन्य तथ्य खुल्दै गए अरु मुद्दाहरू पनि आकर्षित हुन सक्ने जनाइएको छ। देशका विभिन्न ५ सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ लगिएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ। जोशी संचालक हुँदा पोखराको सूर्य दर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट उक्त रकम लगिएको उल्लेख छ। गोर्खा मिडियामा सूर्य दर्शनको मात्रै ५ करोड रुपैयाँ गएको देखाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ
त्रिभुवन विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ
आजदेखि राष्ट्र बैंकले दिन थाल्यो सुकिलो नोट
आजदेखि राष्ट्र बैंकले दिन थाल्यो सुकिलो नोट
विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल
विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल
सर्लाहीको खुटौनाबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार रकमसहित एक भारतीय पक्राउ
सर्लाहीको खुटौनाबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार रकमसहित एक भारतीय पक्राउ
जेनजी युवाहरुबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित
जेनजी युवाहरुबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट
जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह
जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानले दोस्रोपटक खुलायो आवेदन
क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानले दोस्रोपटक खुलायो आवेदन
सशस्त्रका ३ डीआईजीको अवकाश
सशस्त्रका ३ डीआईजीको अवकाश