सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ १८, २०८१
|
|
५४ पटक हेरिएको
Shares
सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने

सारांश

  • सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ ।
  • सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका छन् ।
  • दिउँसो १ बजे दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा)को बैठक सुरु हुने छ ।

१७ माघ, काठमाडौं ।

सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका छन् । दिउँसो १ बजे दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा)को बैठक सुरु हुने छ । प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ ।

सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने,  राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने र प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसद्हरुको मनोनयन गर्ने कार्यसूचीमा उल्लेख छ ।

त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा माननीय सदस्यहरूले आ आफ्नो मन्तव्य राख्नेछन् । त्यसपछि विभिन्न अध्यादेशहरु सभामा पेस गरिनेछ ।  प्रतिपक्षी दलले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने तयारी गरेका छन् । संसद्को अधिवेशन नबोलाएर सरकारले अध्यादेशबाट शासन गर्न खोजेको प्रतिपक्षमा रहेका दलले आरोप लगाउँदै आएका छन् ।

राष्ट्रिय सभा बैठकमा पनि सुरूमा अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराउनेछन्। त्यसपछि अध्यक्षले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोर जानकारी गराउनेछन्।  अध्यक्षले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने र कार्यसूचीमा प्रदेश गर्नेछ। राष्ट्रिय सभा बैठकमा पनि अध्यादेशहरू पेस हुनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त महिला मन्त्री श्रेष्ठद्वारा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत
नवनियुक्त महिला मन्त्री श्रेष्ठद्वारा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत
शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्ता
शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्ता
भोलिदेखि धरहरामा निःशुल्क पार्किङ गर्न पाइने
भोलिदेखि धरहरामा निःशुल्क पार्किङ गर्न पाइने
पक्राउ पुर्जी जारी भएपछि सिरोहिया भेट्न कांग्रेस नेताहरुको लर्को
पक्राउ पुर्जी जारी भएपछि सिरोहिया भेट्न कांग्रेस नेताहरुको लर्को
एमाले विधान महाधिवेशन अपडेट: ९ समूह बनाएर थालियो प्रतिवेदनमा छलफल
एमाले विधान महाधिवेशन अपडेट: ९ समूह बनाएर थालियो प्रतिवेदनमा छलफल
दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा
एमाले संसदीय दलको बैठक जारी
एमाले संसदीय दलको बैठक जारी
सेनिटरी प्याडमा लुकाएर आधा किलो सुन तस्करी, लुट्ने ३ जना पक्राउ
सेनिटरी प्याडमा लुकाएर आधा किलो सुन तस्करी, लुट्ने ३ जना पक्राउ
रुपन्देहीको बेलबासमा ३ सवारीसाधन ठोक्किंदा एक युवतीको मृत्यु
रुपन्देहीको बेलबासमा ३ सवारीसाधन ठोक्किंदा एक युवतीको मृत्यु