सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

देशभरका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १२, २०८३
|
|
१२७ पटक हेरिएको
Shares
देशभरका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द

सारांश

  • नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा मंगलबार आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिएका छन् ।
  • वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोध गर्दै संघले ओपीडीसहित आकस्मिकबाहेकका सेवा स्थगित गरेको हो ।
  • संघका अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा.

काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा मंगलबार आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिएका छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोध गर्दै संघले ओपीडीसहित आकस्मिकबाहेकका सेवा स्थगित गरेको हो ।

संघका अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो । घटनामा डा. रामको टाउकोमा गम्भीर चोट लागेको तथा अस्पतालभित्र तोडफोडसमेत गरिएको जनाइएको छ ।

घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गर्दै चिकित्सकहरूले देशभर एकदिने विरोधस्वरूप आकस्मिकबाहेकका सेवा बन्द गरेका हुन् ।

नेपाल चिकित्सक संघले स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । संघले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनाले स्वास्थ्य सेवा प्रवाह नै प्रभावित हुने भएकाले यस्ता घटनाप्रति शून्य सहनशीलताको नीति अपनाउनुपर्ने जनाएको छ ।

सेवा बन्दका कारण देशभरका सरकारी तथा निजी अस्पतालमा नियमित उपचारका लागि पुगेका बिरामी प्रभावित भएका छन् । यद्यपि आकस्मिक सेवा, सघन उपचार कक्ष (आईसीयू) तथा अत्यावश्यक सेवाहरू भने नियमित सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनताले सधैँ अनुभूति गर्नेगरी काम गर्नुपर्छ : मन्त्री खड्का
जनताले सधैँ अनुभूति गर्नेगरी काम गर्नुपर्छ : मन्त्री खड्का
थाइल्यान्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री
थाइल्यान्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री
आज कति पुग्यो सुन चाँदीको मूल्य ?
आज कति पुग्यो सुन चाँदीको मूल्य ?
चीनपछि आज इन्डोनेसियालाई हराउँदै सेमिफाइनल पुग्ने दाउमा नेपाल
चीनपछि आज इन्डोनेसियालाई हराउँदै सेमिफाइनल पुग्ने दाउमा नेपाल
नियमित काममा फर्किए प्रचण्ड र माधव नेपाल
नियमित काममा फर्किए प्रचण्ड र माधव नेपाल
माइक्रोबसमा स्याङ्जाबाट आउँदै गरेका यात्रुको श्वासप्रश्वासको समस्याले मृत्यु
माइक्रोबसमा स्याङ्जाबाट आउँदै गरेका यात्रुको श्वासप्रश्वासको समस्याले मृत्यु
आन्दोलनरत शिक्षकले एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने
आन्दोलनरत शिक्षकले एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने
सुर्खेत २ मा रास्वपाले लियो अग्रता
सुर्खेत २ मा रास्वपाले लियो अग्रता
हत्कडी र खुट्टामा चेनले बाँधेर अमेरिकाबाट फर्काइएका थिए ८ नेपाली
हत्कडी र खुट्टामा चेनले बाँधेर अमेरिकाबाट फर्काइएका थिए ८ नेपाली
काठमाडौंका प्रमुख जिल्ला अधिकारी आचार्यको पद धरापमा
काठमाडौंका प्रमुख जिल्ला अधिकारी आचार्यको पद धरापमा