सुर्खेत २ मा रास्वपाले लियो अग्रता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २२, २०८२
|
|
३० पटक हेरिएको
Shares
सुर्खेत २ मा रास्वपाले लियो अग्रता

सारांश

  • सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुईमा नेकपा एमालेलाई उछिन्दै रास्वपाले अग्रता लिएको छ ।
  • यहाँको ५ हजार ८७ मत गणना हुँदा रास्वपाले अग्रता लिएको हो ।
  • पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको विभिन्न मतदान केन्द्रको मतगणना हुँदा एमालेले अग्रता लिईरहेको थियो ।

 

२२ फागुन,सुर्खेत ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुईमा नेकपा एमालेलाई उछिन्दै रास्वपाले अग्रता लिएको छ । यहाँको ५ हजार ८७ मत गणना हुँदा रास्वपाले अग्रता लिएको हो । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको विभिन्न मतदान केन्द्रको मतगणना हुँदा एमालेले अग्रता लिईरहेको थियो । नरसिंहकाँडा, चौकुने १ र ३, बिजौरा, बोला, ५, ६,७,८ को मतगणना हुँदा रास्वपाका रमेशकुमार सापकोटाले अग्रता लिएका हुन् ।


रास्वपाका सापकोटाले एक हजार ६६६ मत ल्याएर अग्रता लिँदा एमालेका कुलमणी देवकोटाले एक हजार ५९९ मतले पछणयाईरहेका छन् । नेपाली कांग्रेसका नारायण कुमार सापकोटाले एक हजार २९३ मत ल्याएका छन् भने नेकपाका झकबहादुर मल्लले ८६९ मत ल्याएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?