Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

दुर्गम क्षेत्रमा निर्वाचन सामग्री पुर्‍याउन १३ सेवा प्रदायक संस्था छनोट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ ३, २०८२
|
|
११३ पटक हेरिएको
Shares
दुर्गम क्षेत्रमा निर्वाचन सामग्री पुर्‍याउन १३ सेवा प्रदायक संस्था छनोट

सारांश

  • निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै हिमाली तथा उच्च हिमाली क्षेत्रमा निर्वाचन सामग्री समयमै पुर्‍याउन ढुवानी व्यवस्थापन प्रक्रिया अघि बढाएको छ ।
  • फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले मतपत्रसहित अत्यावश्यक सामग्री ढुवानी गर्न १३ वटा व्यवसायिक संस्थालाई सूचीकरण गरेको हो।
  • दुर्गम क्षेत्रलाई प्राथमिकतामा राख्दै आयोगले कुरियर, ट्रक तथा कन्टेनर सेवातर्फ निजी क्षेत्रका सेवा प्रदायकहरू छनोट गरेको जनाएको छ।

 

काठमाडौं ।

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै हिमाली तथा उच्च हिमाली क्षेत्रमा निर्वाचन सामग्री समयमै पुर्‍याउन ढुवानी व्यवस्थापन प्रक्रिया अघि बढाएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले मतपत्रसहित अत्यावश्यक सामग्री ढुवानी गर्न १३ वटा व्यवसायिक संस्थालाई सूचीकरण गरेको हो। दुर्गम क्षेत्रलाई प्राथमिकतामा राख्दै आयोगले कुरियर, ट्रक तथा कन्टेनर सेवातर्फ निजी क्षेत्रका सेवा प्रदायकहरू छनोट गरेको जनाएको छ।

आयोगका अनुसार कुरियर सेवातर्फ साझा कुरियर एण्ड कार्गो र ट्रान्स एयर इन्टरनेशनल लजिस्टिक प्रालि छनोट भएका छन्। हेलिकोप्टर सेवा सूचीकृत गर्न आह्वान गरिए पनि कुनै पनि फर्मले निवेदन नदिएको आयोगले जनाएको छ, जसका कारण उच्च हिमाली क्षेत्रमा हवाई ढुवानी चुनौतीपूर्ण हुन सक्ने संकेत गरिएको छ। यस्तै, स्थलमार्गबाट सामग्री ढुवानीका लागि ११ वटा ट्रक तथा कन्टेनर सेवा प्रदायक सूचीकरणमा परेका छन्। आयोगले सार्वजनिक सूचनामार्फत आएका निवेदनलाई शर्त र वार्षिक औसत कारोबारका आधारमा मूल्याङ्कन गरी सेवा प्रदायक चयन गरेको जनाएको छ। सूचीकरण भएका संस्थालाई आवश्यकता अनुसार निर्वाचन सामग्री आपूर्तिका लागि परिचालन गरिने आयोगले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाको केन्द्रीय समितिबाट बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति अनुमोदन
रास्वपाको केन्द्रीय समितिबाट बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति अनुमोदन
सर्लाहीमा विभिन्न दल परित्याग गरी हजारौं कार्यकर्ता नेसपा प्रवेश
सर्लाहीमा विभिन्न दल परित्याग गरी हजारौं कार्यकर्ता नेसपा प्रवेश
अमेरिकाले रद्द गर्‍यो ६ हजार विदेशी विद्यार्थीको भिसा
अमेरिकाले रद्द गर्‍यो ६ हजार विदेशी विद्यार्थीको भिसा
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ
छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी
छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी
ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका विद्युत्मन्त्री नेपाल आउँदै
ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका विद्युत्मन्त्री नेपाल आउँदै
एघारौं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल
एघारौं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल
आरजु राणा कैलाली–५ बाट एक नम्बरमा सिफारिस, सर्वसम्मत निर्णय
आरजु राणा कैलाली–५ बाट एक नम्बरमा सिफारिस, सर्वसम्मत निर्णय
प्रधानमन्त्रीले नागरिक समाजका अगुवाहरूसँग छलफल गर्दै
प्रधानमन्त्रीले नागरिक समाजका अगुवाहरूसँग छलफल गर्दै
मधेशमा सत्ता घटकबीच सहमति : करोडभन्दा कमका योजना नबन्ने, चुनावसम्मै गठबन्धन
मधेशमा सत्ता घटकबीच सहमति : करोडभन्दा कमका योजना नबन्ने, चुनावसम्मै गठबन्धन