नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष २४, २०८२
|
|
३४ पटक हेरिएको
Shares
नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो

सारांश

  • साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारको प्रमुख सूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ ।
  • अघिल्लो कारोबार दिन बुधबार घटेको नेप्से यस दिन ४.
  • ५९ अंकले वृद्धि भई २६४०.

काठमाडौं ।

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारको प्रमुख सूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार घटेको नेप्से यस दिन ४.५९ अंकले वृद्धि भई २६४०.५४ विन्दुमा पुगेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । बुधबार ५ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३२८ स्टकको ६९ हजार २६१ पटकको कारोबारमार्फत ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यसदिन सान्भि इनर्जी लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.१६ प्रतिशतले बढेको छ । त्यस्तै, एसवाई प्यानल नेपालको सेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अन्य स्टकहरूको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ भने मूल्य घटेका स्टकहरूको गिरावटदर ४ प्रतिशतभन्दा कम देखिएको छ । कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको बिहीबार २० करोड ६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यसपछि बन्दीपुर केबलकार एण्ड टुरिजमको साढे १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सान्भि इनर्जीको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ । १३ उपसमूहमध्ये बिहीबार ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूह सकारात्मक देखिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा गहना चोरी आरोपमा तीन बालकसहित पाँच पक्राउ
सर्लाहीमा गहना चोरी आरोपमा तीन बालकसहित पाँच पक्राउ
पहिलो पटक एकीकृत समाजवादीको कार्यालय जाँदै प्रधानमन्त्री ओली
पहिलो पटक एकीकृत समाजवादीको कार्यालय जाँदै प्रधानमन्त्री ओली
यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान
यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनवाइ आज
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनवाइ आज
‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
विद्युतको तार सर्ट भएर आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति
विद्युतको तार सर्ट भएर आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति
द्रुत गतिमा गौतमबुद्ध क्रिकेट रङ्गशाला
द्रुत गतिमा गौतमबुद्ध क्रिकेट रङ्गशाला
मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम विभागमा
मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम विभागमा
सोलु हाईड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्काशन
सोलु हाईड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्काशन
सर्लाहीमा रुखको हाँगामा झुन्डिएको अवस्थामा एक युवती मृ*त फेला
सर्लाहीमा रुखको हाँगामा झुन्डिएको अवस्थामा एक युवती मृ*त फेला