शिखर पावरको आईपीओमा आवेदन अवधि फागुन ८ गतेसम्म थप

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २०, २०८२
|
|
२६ पटक हेरिएको
Shares
शिखर पावरको आईपीओमा आवेदन अवधि फागुन ८ गतेसम्म थप

सारांश

  • शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने समयावधि थप गरेको छ ।
  • कम्पनीले मागअनुसार आवेदन नपुगेपछि आवेदन अवधि लम्ब्याएको हो ।
  • कम्पनीले माघ ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो ।

२० माघ, काठमाडौं ।

शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने समयावधि थप गरेको छ । कम्पनीले मागअनुसार आवेदन नपुगेपछि आवेदन अवधि लम्ब्याएको हो । कम्पनीले माघ ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो । यसअघि माघ २० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर, तोकिएको अवधिभित्र पर्याप्त आवेदन नआएकाले अब फागुन ८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

निर्धारित समयअगावै पर्याप्त आवेदन प्राप्त भएमा फागुन ८ गतेभन्दा अघि नै आईपीओ निष्कासन बन्द गरिने पनि कम्पनीले स्पष्ट पारेको छ । नेपाल धितोपत्र बोर्डबाट पुस १६ गते अनुमति पाएअनुसार कम्पनीले कुल ३२ करोड रुपैयाँ बराबरको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका ३२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ९ करोड ८० लाख रुपैयाँ बराबरको ९ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको हो ।

उक्त सेयर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा विद्युत उत्पादन अनुमतिपत्रको आधारमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरू तथा आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित ढोरपाटन नगरपालिका वडा नं. २ (साविक बुर्तिवाङ गाविसका वडा नं. २, ३, ४ र ५) का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । यस्तै, बाँकी २२ करोड २० लाख रुपैयाँ बराबरको २२ लाख २० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख २२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरिएको थियो । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरूले ग्लोबल आइएमई बैंक नक्साल, बुर्तिवाङ र बागलुङ बजार शाखा, प्रभु बैंक ग्वालीचौर शाखा, गरिमा विकास बैंक बुर्तिवाङ शाखा तथा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक बुर्तिवाङ शाखामार्फत आवेदन दिन सक्नेछन् । कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुर बोल्ट्सको जितपछि मधेसीमाथि विभेद भएको भन्दै विरोध प्रदर्शन
जनकपुर बोल्ट्सको जितपछि मधेसीमाथि विभेद भएको भन्दै विरोध प्रदर्शन
हमासले सार्वजनिक गरे ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ जसमा नेपालका विपिन जोशी पनि
हमासले सार्वजनिक गरे ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ जसमा नेपालका विपिन जोशी पनि
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष वितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन
राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष वितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
छठ पर्वको दोस्रो दिन आज ‘खरना’ विधि गरिँदै
छठ पर्वको दोस्रो दिन आज ‘खरना’ विधि गरिँदै
ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते
ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते
पाँचथरमा भएको विस्फाेटमा दुई दाजुबहिनीको मृत्यु
पाँचथरमा भएको विस्फाेटमा दुई दाजुबहिनीको मृत्यु
अमेरिकामा रहेकी उपसभामुख राना र शेखर कोइरालाबीच फोन संवाद
अमेरिकामा रहेकी उपसभामुख राना र शेखर कोइरालाबीच फोन संवाद