Press 4K
आइतबार, १७ श्रावण २०८३

उच्च पदस्थको सम्पत्ति छानबिन आयोगद्वारा कार्य प्रारम्भ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १०, २०८३
|
|
१३४ पटक हेरिएको
Shares
उच्च पदस्थको सम्पत्ति छानबिन आयोगद्वारा कार्य प्रारम्भ

सारांश

  • मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले बुधबारदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ ।
  • वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो ।
  • आयोगको कार्यालय केशर महलमा स्थापना गरिएको छ ।

१० वैशाख,काठमाडौं ।

मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले बुधबारदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ । वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो । आयोगको कार्यालय केशर महलमा स्थापना गरिएको छ ।

आयोगका नवनियुक्त अध्यक्ष भण्डारीले आजै कायम मुकायम (कामु) प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गए भने अन्य सदस्यहरू तत्कालीन पुनरावेदन अदालतका पूर्व मुख्यन्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्व न्यायाधीश चण्डीराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड अकाउण्टेन्ट प्रकाश लम्साललाई अध्यक्ष भण्डारीले शपथ गराएको हो ।

जाँचबुझ ऐन २०२६ बमोजिम कार्यसम्पादन गर्ने जिम्मेवारी पाएको यस आयोगको कार्यसम्पादन सर्त (टीओआर) समेत स्वीकृत भइसकेको छ । एक वर्षको कार्यकाल तोकिएको यस आयोगले सार्वजनिक पदमा रहेका, सेवानिवृत्त भएका वा पदबाट हटिसकेका पदाधिकारी र तिनका परिवारको नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्तिविवरण सङ्कलन गरी सूक्ष्म जाँचबुझ गर्नेछ ।

आयोगले कुनै पनि व्यक्तिको अनुसन्धान सम्पन्न हुनासाथ प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्नुपर्ने प्रावधान रहेको छ जसलाई सरकारले ४५ दिनभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्नेछ । आयोगले पूर्ण रूपमा स्वतन्त्र, निष्पक्ष र व्यावसायिक ढङ्गले कार्य गर्ने प्रतिबद्धता जनाउँदै कसैको दबाब वा प्रभावमा नपरी जिम्मेवारी पूरा गर्नुपर्नेछ । लिखित, मौखिक, विद्युतीय माध्यम, सामाजिक सञ्जाल वा अन्य जुनसुकै माध्यमबाट पनि उजुरी सङ्कलन गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

९ अर्ब चार करोडको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
९ अर्ब चार करोडको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
६ वटा संसदीय समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ?
६ वटा संसदीय समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ?
राजनीतिमा उत्तारचढाव आइरहन्छ, यसमा रमाउनेले नै राजनीति गर्नसक्छः शशांक कोईराला
राजनीतिमा उत्तारचढाव आइरहन्छ, यसमा रमाउनेले नै राजनीति गर्नसक्छः शशांक कोईराला
‘गर या मर’को खेलमा चुकेन लुम्बिनी, जनकपुरविरुद्ध महत्त्वपूर्ण जित
‘गर या मर’को खेलमा चुकेन लुम्बिनी, जनकपुरविरुद्ध महत्त्वपूर्ण जित
बागमती गाउँपालिका स्वास्थ्य सेवामा पुनः जिल्लामै प्रथम
बागमती गाउँपालिका स्वास्थ्य सेवामा पुनः जिल्लामै प्रथम
वाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै
वाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै
पूर्वराजालाई प्रचण्डको चेतावनी- अर्को गल्ती गरे भोग्न बाँकी केही रहँदैन
पूर्वराजालाई प्रचण्डको चेतावनी- अर्को गल्ती गरे भोग्न बाँकी केही रहँदैन
एनसेल प्रधान कार्यालयमा पनि आगजनी
एनसेल प्रधान कार्यालयमा पनि आगजनी
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश
पाँच प्रदेशका ६०४ कार्यालयद्वारा कानूनविपरीत अर्बौं भुक्तानी
पाँच प्रदेशका ६०४ कार्यालयद्वारा कानूनविपरीत अर्बौं भुक्तानी

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...