दाउन्ने सडक दैनिक ६ घण्टा बन्द रहने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १, २०८२
|
|
२१ पटक हेरिएको
Shares
दाउन्ने सडक दैनिक ६ घण्टा बन्द रहने

सारांश

  • सोमबारदेखि बैशाख १५ गतेसम्म राति ११ बजेदेखि विहान ५ बजेसम्म दैनिक ६ घण्टा यातायात आवागमन बन्द गरेर सडक विस्तारको काम गरिने जिल्ला ट्राफिक कार्यालय, नवलपुरका प्रहरी निरीक्षक जनक बन्जाराले बताए ।
  • यसअघि चैत्र २७ गतेदेखि चैत्र ३१ गतेसम्म विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आवागमन बन्द गरेर काम गरिने भनिएपनि पानीका कारण २ दिन भन्दा काम हुन सकेन ।
  • दाउन्नेको १४ किलोमिटर खण्डमा पूर्वी तर्फ मात्रै ७/८ स्थानमा सडक एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

 

१ वैशाख,

सडक विस्तारका लागि सोमबारदेखि पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तर्गत दाउन्ने खण्डमा दैनिक राति ६ घण्टा यातायात आवागमन बन्द हुने भएको छ । सोमबारदेखि बैशाख १५ गतेसम्म राति ११ बजेदेखि विहान ५ बजेसम्म दैनिक ६ घण्टा यातायात आवागमन बन्द गरेर सडक विस्तारको काम गरिने जिल्ला ट्राफिक कार्यालय, नवलपुरका प्रहरी निरीक्षक जनक बन्जाराले बताए ।

यसअघि चैत्र २७ गतेदेखि चैत्र ३१ गतेसम्म विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आवागमन बन्द गरेर काम गरिने भनिएपनि पानीका कारण २ दिन भन्दा काम हुन सकेन । दाउन्नेको १४ किलोमिटर खण्डमा पूर्वी तर्फ मात्रै ७/८ स्थानमा सडक एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए । उनका अनुसार आज पनि पानीका कारण दाउन्नेमा लामो जाम लागेको छ ।
प्रहरीले सूचना जारी गरी दाउन्नेमा बाटो चिप्लो भएका कारण यातायात सञ्चालनमा समस्या रहेको भन्दै वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?