लहानमा राजमार्ग केन्द्रित होटल अनुगमन, चार होटललाई ३० हजार जरिवाना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
२९ पटक हेरिएको
Shares
लहानमा राजमार्ग केन्द्रित होटल अनुगमन, चार होटललाई ३० हजार जरिवाना

सारांश

  • इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहानस्थित राजमार्ग केन्द्रित होटलमा अनुगमन शुरू गरिएको छ ।
  • अनुगमनका क्रममा बुधबार म्याद गुज्रेका पेयपदार्थ तथा सडेगलेका खानेकुरा बिक्रिवितरण गर्ने चारवटा होटललाई ३० हजार बराबरको जरिवानासमेत गरिएको छ ।
  • इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराज, घरेलु तथा साना उद्योग कार्यालय लहान, आन्तरिक राजस्व कार्यालय लहान, इलाका प्रहरी कार्यालय लहान, उपभोक्ता मञ्च नेपाल सिरहाका प्रतिनिधिसहितको संयुक्त टोलीले होटलहरूको अनुगमन शुरू गरेका हुन् ।

 

२८ चैत, काठमाडौं ।

इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहानस्थित राजमार्ग केन्द्रित होटलमा अनुगमन शुरू गरिएको छ । अनुगमनका क्रममा बुधबार म्याद गुज्रेका पेयपदार्थ तथा सडेगलेका खानेकुरा बिक्रिवितरण गर्ने चारवटा होटललाई ३० हजार बराबरको जरिवानासमेत गरिएको छ ।

इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराज, घरेलु तथा साना उद्योग कार्यालय लहान, आन्तरिक राजस्व कार्यालय लहान, इलाका प्रहरी कार्यालय लहान, उपभोक्ता मञ्च नेपाल सिरहाका प्रतिनिधिसहितको संयुक्त टोलीले होटलहरूको अनुगमन शुरू गरेका हुन् । संयुक्त अनुगमन टोलीले लहान–१ को कान्छा होटलमा म्याद गुज्रेको ‘बडविसर’ ब्रान्डको ३७ ओटा बियरको बोतल जफत गरी नष्ट गर्नाका साथै उक्त होटललाई रु पाँच हजार जरिवाना गरिएको छ । यसैगरी, लहान–४ को होटल गोधुल्लीको भान्साका खानेकुरा नछोपी राखिएको, फ्रिजमा पाकेको र नपाकेको मासुसँगसँगै राखिएको तथा सरसफाइमा हेलचेक्र्याइँ गरेको पाइएपछि उक्त होटललाई पनि रु पाँच हजार जरिवाना तोकिएको छ ।

यस्तै, लहान आँखा अस्पतालको परिसरमा रहेको किरान स्विट्स एन्ड भोजनालयले अखाद्य सामग्री प्रयोग गरी खानेकुरा बनाएको, खाद्य वस्तु छोप्न पत्रपत्रिका प्रयोग गरिएको तथा भान्साको नजिकमा फोहोर थुपारिएको पाइएपछि रु १० हजार जरिवाना गरिएको छ । उक्त होटलको सामुन्नेमा रहेको रिषिका जनरल स्टोर्समा म्याद गुज्रेको ३८ ओटा ‘कोल्ड ड्रिङ्कस’ पेयपदार्थ फेला परेपछि १० हजार जरिवाना तोकिएको छ । उक्त पसलले इजाजतविना अन्तःशुल्कजन्य वस्तुसमेत बिक्रीवितरण गरेको पाइएपछि उक्त सामग्री जफत गरी आन्तरिक राजस्व कार्यालय लहानलाई जिम्मा लगाइएको छ ।

अनुगमनका क्रममा होटल सम्राट इन र चौधरी होटलले आधारभूत रुपमा होटलको मापदण्ड पालना गरेको पाइएकाले सचेतीकरण मात्र गरिएको इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायले जानकारी दिनुभयो । नयाँ वर्ष २०८२ लाई दृष्टिगत गरी आउँदो वैशाख १ गते लाग्ने फूलबारी मेलामा आउने लाखौँ भक्तजनले यहाँका होटलहरूमा खाना खाने हुँदा ग्राहकको स्वास्थ्यमाथि खेलबाड हुन नदिन अनुगमन सुरु गरिएको बताउनुभयो । उहाँले उपभोक्ताको स्वास्थ्यमाथि लापरबाही गर्ने होटलहरूलाई कानुनअनुसार जरिवाना गरिएको भन्दै आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की
इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा दिएका थिए निवेदन
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा दिएका थिए निवेदन
पक्राउ पुर्जी जारी भएपछि फरार भए सहकारी पूर्वरजिस्ट्रार
पक्राउ पुर्जी जारी भएपछि फरार भए सहकारी पूर्वरजिस्ट्रार
कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी
कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी
फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड
फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड
आर्थिक विधेयक २०८१ बहुमतले पारित
आर्थिक विधेयक २०८१ बहुमतले पारित
आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदै
आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदै
सिन्धुपाल्चोक भूकम्प : जिल्ला प्रशासन कार्यालयले निकाल्यो यस्तो विज्ञप्ति
सिन्धुपाल्चोक भूकम्प : जिल्ला प्रशासन कार्यालयले निकाल्यो यस्तो विज्ञप्ति
विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौँ महानगरमा शैक्षिक मेला
विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौँ महानगरमा शैक्षिक मेला
चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, ४ मन्त्री थपिने
चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, ४ मन्त्री थपिने