छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ ९, २०८२
|
|
३० पटक हेरिएको
Shares
छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र

सारांश

  • २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख भन्दा बढी मतपत्र छापिसकेको जनाएको छ ।
  • केन्द्रले उपलब्ध गराएको विवरणअनुसार एक करोड ४२ लाख आठ हजार थान मतपत्र छाप्ने काम सकिएको छ ।
  • पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाइ भएको छ ।

९ माघ,काठमाडौं ।

२१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख भन्दा बढी मतपत्र छापिसकेको जनाएको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार एक करोड ४२ लाख आठ हजार थान मतपत्र छाप्ने काम सकिएको छ । पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाइ भएको छ । कुल दुई करोड आठ लाख तीन हजार थान मतपत्र छपाइ गर्नुपर्ने केन्द्रले जनाएको छ ।त्यसैगरी, कुल ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ भएको छ । पछिल्लो २४ घण्टामा मात्र एक हजार २२६ बाकस प्याकिङ भइसकेको केन्द्रले जनाएको छ ।

केन्द्रले एक करोड ९८ हजार २०० थान नमूना मतपत्र आयोगमा पठाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका  लागि उम्मेदवारी दिएका उम्मेदवारले आज निर्वाचन चिह्न पाउँदैछन् । उम्मेदवारी फिर्ता लिने प्रक्रिया पूरा गरेपछि निर्वाचन चिह्न वितरणको कार्यक्रम छ । निर्वाचन तालिका अनुसार आज बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।  यस्तै आजै दिनको १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली  प्रकाशन गरिनेछ । त्यसपछि अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । २१ फागुनमा हुने प्रत्यक्षतर्फ निर्वाचनका लागि माघ ६ गते देशैभर उम्मेदवारी दर्ता गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डका साथ छोडेका रहबर प्रदेश सभा सदस्यबाट पनि राजीनामा दिने तयारीमा
प्रचण्डका साथ छोडेका रहबर प्रदेश सभा सदस्यबाट पनि राजीनामा दिने तयारीमा
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन
शेरबहादुर देउवाको धनगढी निवास अगाडि बम राखेको आरोपमा युवक पक्राउ
शेरबहादुर देउवाको धनगढी निवास अगाडि बम राखेको आरोपमा युवक पक्राउ
भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण
भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण
गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।  जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए ।  ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।

गुण्डुमा रास्वपाको घरदैलो अभियान
गुण्डुमा रास्वपाको घरदैलो अभियान
रसुवाबाट २ किलो सुनसहित एक जना पक्राउ
रसुवाबाट २ किलो सुनसहित एक जना पक्राउ
इलाम २ मा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय
इलाम २ मा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय
सन्दीप लामिछानेले एकै ओभरमा लिए काठमाडौंको दुई विकेट
सन्दीप लामिछानेले एकै ओभरमा लिए काठमाडौंको दुई विकेट
विपद्‍बाट तीन महिनामा ९३ जनाको मृ*त्यु, २२ बेपत्ता
विपद्‍बाट तीन महिनामा ९३ जनाको मृ*त्यु, २२ बेपत्ता