झापामा फर्निचर पसलमा आगलागी, १२ लाख बराबरको क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १६, २०८२
|
|
४३ पटक हेरिएको
Shares
झापामा फर्निचर पसलमा आगलागी, १२ लाख बराबरको क्षति

सारांश

  • झापाको अर्जनुधारा नगरपालिका ११ मा पर्ने बसपार्कस्थित खड्का फर्निचरमा आगलागी भएको छ ।
  • आगलागीबाट १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।
  • मोती बहादुर खड्काको टिनको छानो र टिनको घेराबेरा गरिएको एक तले घरमा सञ्चालन गरिएको फर्निचर पसलमा आगलागी भएको हो ।

१६ असार, झापा ।

झापाको अर्जनुधारा नगरपालिका ११ मा पर्ने बसपार्कस्थित खड्का फर्निचरमा आगलागी भएको छ । आगलागीबाट १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । मोती बहादुर खड्काको टिनको छानो र टिनको घेराबेरा गरिएको एक तले घरमा सञ्चालन गरिएको फर्निचर पसलमा आगलागी भएको हो ।

आगलागीबाट काठ चिर्ने मेसिन र काठहरु पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ । आगो लागेको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक नोरजंग लामाको कमाण्डमा टोली खटिएको थियो । प्रहरी र स्थानीयले बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति करिब साढे १२ बजेतिर आगो निभाएका थिए । आगलागीको कारण खुलेको छैन । विद्युत् सट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
एक करोड बीमा गरेर आफैंले लगाए पसलमा आगो
एक करोड बीमा गरेर आफैंले लगाए पसलमा आगो
सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा, विराटनगरले दोस्रो क्वालिफायर खेल्नुपर्ने
सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा, विराटनगरले दोस्रो क्वालिफायर खेल्नुपर्ने
स्वास्थ्य सामग्री खरिदमा अनियमितता: विशाल पण्डितलगायतलाई झण्डै ३ करोडको भ्रष्टाचार मुद्दा
स्वास्थ्य सामग्री खरिदमा अनियमितता: विशाल पण्डितलगायतलाई झण्डै ३ करोडको भ्रष्टाचार मुद्दा
दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयौं : प्रचण्ड
दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयौं : प्रचण्ड
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
चुनावमा भाग लिने निर्णय गरेको नेकपा माओवादी किन मौन ?
चुनावमा भाग लिने निर्णय गरेको नेकपा माओवादी किन मौन ?
सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा
सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा
नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह प्रदान
नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह प्रदान
प्रमुख प्रशासकीय अधिकृतसँग बैठक बस्न बालेन तयार, आज कार्यपालिका बैठक बस्दै
प्रमुख प्रशासकीय अधिकृतसँग बैठक बस्न बालेन तयार, आज कार्यपालिका बैठक बस्दै