भारतमा तीर्थयात्री बोकेको जिप दुर्घटना, ११ जनाको मृ*त्यु, ४ घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १८, २०८२
|
|
३२ पटक हेरिएको
Shares
भारतमा तीर्थयात्री बोकेको जिप दुर्घटना, ११ जनाको मृ*त्यु, ४ घाइते

सारांश

  • उत्तरप्रदेशको गोंडा जिल्लामा तीर्थयात्री बोकेको जिप दुर्घटनामा परेको छ ।
  • दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।
  • १५ जना सवार तीर्थयात्री बोकेको जिप आइतबार इटियाथोकस्थित बेलवा बहुता रेहरा पुल नजिकै नहरमा खसेको छ ।

१८ साउन, काठमाडौं ।

उत्तरप्रदेशको गोंडा जिल्लामा तीर्थयात्री बोकेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । १५ जना सवार तीर्थयात्री बोकेको जिप आइतबार इटियाथोकस्थित बेलवा बहुता रेहरा पुल नजिकै नहरमा खसेको छ ।

इटियाथोक प्रहरीका अनुसार दुर्घटनामा परेका तीर्थयात्रीहरू मोतीगञ्ज सिहागाउँबाट पृथ्वीनाथ जलाभिषेकका लागि जाँदै थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।यसैगरी मुख्यमन्त्री योगी आदित्यनाथले पनि मृतकका परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराउन र घाइतेको उचित उपचारको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्यान्मारमा भूकम्पपछिको युद्धविराम आज समाप्त
म्यान्मारमा भूकम्पपछिको युद्धविराम आज समाप्त
एमालेको सचिवालय बैठक आज बस्दै
एमालेको सचिवालय बैठक आज बस्दै
नहरमा डुबेर युवकको मृत्यु
नहरमा डुबेर युवकको मृत्यु
१० महिनामा देशबाट विद्यार्थीसँगै बाहिरियो एक खर्ब १२ अर्ब रुपैयाँ
१० महिनामा देशबाट विद्यार्थीसँगै बाहिरियो एक खर्ब १२ अर्ब रुपैयाँ
दुई टी–२० अभ्यास खेल आज साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै नेपाल
दुई टी–२० अभ्यास खेल आज साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै नेपाल
न्याय सम्पादनलाई गति दिन शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको हो : प्रधानमन्त्री शाह
न्याय सम्पादनलाई गति दिन शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको हो : प्रधानमन्त्री शाह
भारतीय नागरिकसँग घुस लिँदालिँदै नियन्त्रणमा परेका वडाध्यक्ष ओली निलम्बित
भारतीय नागरिकसँग घुस लिँदालिँदै नियन्त्रणमा परेका वडाध्यक्ष ओली निलम्बित
सौर्यको जहाज २९ सेकेन्डमै झरेको थियो भुइँमा, दुर्घटना रोक्न ३ सुझाव
सौर्यको जहाज २९ सेकेन्डमै झरेको थियो भुइँमा, दुर्घटना रोक्न ३ सुझाव
सञ्चारमन्त्रीलाई देउवाले भने- कांग्रेसको प्राथमिकता निर्वाचन हो, संसद् पुनर्स्थापना होइन
सञ्चारमन्त्रीलाई देउवाले भने- कांग्रेसको प्राथमिकता निर्वाचन हो, संसद् पुनर्स्थापना होइन
मोबाइल लुट्ने गिरोहका ३ सदस्य पक्राउ
मोबाइल लुट्ने गिरोहका ३ सदस्य पक्राउ