सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

रविको भनिएको भाइरल फोटोको वास्तविकता के हो ? अनुसन्धानमा जुट्यो प्रहरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ४, २०८१
|
|
३७ पटक हेरिएको
Shares
रविको भनिएको भाइरल फोटोको वास्तविकता के हो ? अनुसन्धानमा जुट्यो प्रहरी

सारांश

  • जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतभित्र सुतिरहेका व्यक्ति रास्वपा सभापति रवि लामिछानेको भनेर एउटा फोटो सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।
  • एउटा फोटोमा टोपी लगाएका व्यक्ति सिरक ओढेर सुतिरहेको र छेउँको टेबुलमा किताबहरु देखिन्छ ।
  • अर्को एउटा फोटोमा भने छेउँको टेबुल नै देखिँदैन ।

 

४ पुस, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतभित्र सुतिरहेका व्यक्ति रास्वपा सभापति रवि लामिछानेको भनेर एउटा फोटो सामाजिक सन्जालमा भाइरल भइरहेको छ । एउटा फोटोमा टोपी लगाएका व्यक्ति सिरक ओढेर सुतिरहेको र छेउँको टेबुलमा किताबहरु देखिन्छ । अर्को एउटा फोटोमा भने छेउँको टेबुल नै देखिँदैन ।

 

रास्वपाका कार्यकर्ताहले यो फोटो कास्की हिरासत भित्रको र रविकै हो भनेर जिकिर गर्दै सामाजिक सन्जालमा सेयर गरिरहेका छन् । कतिपयले भने यो ‘फेक’ हो भनेर कमेन्ट गरेको देखिन्छ । हामीले यसबारे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी बसन्त कुमार शर्मालाई सोध्यौं । उनी यस विषयमा धेरै बोल्न मानेनन् । उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘हामी त्यो फोटोको विषयमा अनुसन्धान गरिरहेका छौं ।’ रास्वपाका कार्यकर्ताहले यो फोटो कास्की हिरासत भित्रको र रविकै हो भनेर जिकिर गर्दै सामाजिक सन्जालमा सेयर गरिरहेका छन् । कतिपयले भने यो ‘फेक’ हो भनेर कमेन्ट गरेको देखिन्छ ।

हामीले यसबारे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी बसन्त कुमार शर्मालाई सोध्यौं । उनी यस विषयमा धेरै बोल्न मानेनन् । उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘हामी त्यो फोटोको विषयमा अनुसन्धान गरिरहेका छौं ।’जिल्ला प्रशासन कार्यालय कास्कीका अर्का एक अधिकारीले पनि त्यो फोटोको वास्तविकताबारे अनुसन्धान जारी रहेको बताएका छन् । ‘यस सम्बन्धमा जिम्मेवार अधिकारीलाई बुझ्न र वास्तविकता पत्ता लगाउन भनिएको छ,’ नाम उल्लेख नगर्ने सर्तमा जिल्ला प्रशासन कार्यालयका ती अधिकारीले भने । उनका अनुसार त्यो फोटो रवि लामिछानेकै हो कि होइन भन्ने पुष्टि हुन बाँकी छ र त्यसको अनुसन्धान सुरु गरिएको छ ।

तर रास्वपाका एक कार्यकर्ता डा. निकोलस भुसालले यो फोटो आफूले खिचेको र वास्तविक भएको दाबी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘यो फोटो रियल हो मैले नै खिचेको हो ।’ यसबारे वास्तविकता सार्वजनिक गर्ने पनि बताएका छन् । रविका सहयोगी एवम् रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले त्यो फोटो रविकै भएको बताएका छन् । उनले ‘सामाजिक सन्जालमा कतै पाएर’ त्यो फोटो आफूले फेसबुकमा पोष्ट गरेको बताएका छन् । सीसीटीभीको फुटेजबाट प्रहरीले नै स्क्रिनसट गरेर फोटो निकालेको आरोप उनको छ । उनको प्रश्न छ, ‘रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ?’

कानुनी रुपमा दण्डनीय कानुनका जानकारहरुका अनुसार यसरी कसैको फोटो खिच्न र सार्वजनिक गर्न पाइँदैन । अधिवक्ता विनोदमणि भट्टराई भन्छन्, ‘कसैको फोटो अनुमति विना खिच्नु, तोडमोड गर्नु र सार्वजनिक गर्नु दण्डनीय छ । मुलुकी संहितामै यो व्यवस्था छ । न्यायिक हिरासतमा राखेको व्यक्तिको पनि फोटो भिडियो सार्वजनिक गर्न पाइँदैन ।’ जिल्ला प्रशासन कार्यालय कास्कीका एक अधिकारीले पनि यो फोटोका सन्दर्भमा साइबर क्राइम लगायतका कानुनी व्यवस्था आकर्षित हुनसक्ने बताए । ‘यो फोटो कहाँको हो, कसको हो, कसले खिच्यो, कसरी खिच्यो भन्ने कुरा अहिलेसम्म अनुसन्धानकै क्रममा छ । यदि फोटोमा देखिएको व्यक्ति नेपाली नै हो, नेपालकै हो भने साइबर क्राइम आकर्षित हुन्छ’ ती अधिकारीले भने, ‘त्यसका लागि आवश्यक अनुसन्धान र कारबाही गर्न भनिसकिएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौँडा अस्पतालमा मुख्यमन्त्री बानियाँको छड्के अनुगमन, डिउटीमा डाक्टर अनुपस्थित भेटिए
हेटौँडा अस्पतालमा मुख्यमन्त्री बानियाँको छड्के अनुगमन, डिउटीमा डाक्टर अनुपस्थित भेटिए
मन्त्रीका स्वकीय सचिवको मृत्यु,संसदीय छानबिन गर्न तीन दलको माग
मन्त्रीका स्वकीय सचिवको मृत्यु,संसदीय छानबिन गर्न तीन दलको माग
एसियाली राजमार्गको काम सुस्त
एसियाली राजमार्गको काम सुस्त
बैंकिङ कसुर मुद्दामा फरार एक महिला पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार एक महिला पक्राउ
दुई वटा संसदीय समितिको बैठक बस्दै ,यस्तो छन् कार्यसूची
दुई वटा संसदीय समितिको बैठक बस्दै ,यस्तो छन् कार्यसूची
मेयर बालेन र उपमेयर सुनिताको वार्ता, कार्यपालिका बैठक राख्ने तयारी
मेयर बालेन र उपमेयर सुनिताको वार्ता, कार्यपालिका बैठक राख्ने तयारी
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
प्रधानमन्त्री प्रचण्ड कोप-२८ मा भाग लिन दुबईमा
प्रधानमन्त्री प्रचण्ड कोप-२८ मा भाग लिन दुबईमा
लामो अनुभव भएका कर्मचारीबाट कार्यक्षेत्रभन्दा बाहिरका विषयमा समेत रचनात्मक सुझावको अपेक्षा छ : मन्त्री श्रेष्ठ
लामो अनुभव भएका कर्मचारीबाट कार्यक्षेत्रभन्दा बाहिरका विषयमा समेत रचनात्मक सुझावको अपेक्षा छ : मन्त्री श्रेष्ठ
वाणिज्य बैंक लुट्ने समूहले फालेको ५ लाख रुपैयाँ एक युवकले प्रहरीलाई बुझाए
वाणिज्य बैंक लुट्ने समूहले फालेको ५ लाख रुपैयाँ एक युवकले प्रहरीलाई बुझाए