मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक छ: गृहमन्त्री रमेश लेखक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २, २०८२
|
|
२५ पटक हेरिएको
Shares
मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक छ: गृहमन्त्री रमेश लेखक

सारांश

  • गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक रहेको दाबी गरेका छन्।
  • शुक्रबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले गृह मन्त्रालय मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्ने काममा, नागरिकको जीउ धनको रक्षा गर्ने काममा लागिरहेको बताएका हुन्।
  • उनले अपराधको न्युनीकरण, नियन्त्रण गर्ने र अपराध भइहाले त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानुन बमोजिम सजाय गर्ने काममा पनि गृह प्रशासनले काम गरिरहेको बताए।

२ साउन, काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक रहेको दाबी गरेका छन्। शुक्रबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले गृह मन्त्रालय मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्ने काममा, नागरिकको जीउ धनको रक्षा गर्ने काममा लागिरहेको बताएका हुन्। उनले अपराधको न्युनीकरण, नियन्त्रण गर्ने र अपराध भइहाले त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानुन बमोजिम सजाय गर्ने काममा पनि गृह प्रशासनले काम गरिरहेको बताए।

शान्ति सुरक्षाको स्थिति अहिले अनुकुल रहेको गृहमन्त्रीको दाबी छ। अपराध नियन्त्रण गर्नेकुरामा मन्त्रालय निरन्तर लागिरहेको र अपराधिक कार्य गरेर फरार भएकाहरु पनि पक्राउ गरिरहेको उनको भनाइ छ।’मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था ठिक छ। हाम्रो गृह मन्त्रालयको जिम्मेवारीमा पहिलो जिम्मेवारी भनेकै मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्नेकुरा हो। नागरिकको जिउ र धनको सुरक्षा गर्ने हाम्रो पहिलो जिम्मेवारी हो,’ उनले भने, ‘अपराधको न्युनीकरण, नियन्त्रण गर्ने र अपराध भइहाले त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानून बमोजिम सजाय गर्ने अर्को जिम्मेवारी हो। मुलुकमा सुशासन स्थापना गर्ने, संविधान र कानुनको कार्यान्वयन गर्ने, गराउने लगायत विपद् व्यवस्थापनको काम गृह मन्त्रालयका निरन्तर काम हुन्।’  गृहमन्त्री लेखकले लागुऔषध न्युनीकरण, नियन्त्रण, निषेध गर्ने कुरामा सबै मिलेर जानुपर्ने आवस्था रहेको बताए। सडक दुर्घटनाको नियन्त्रण जरुरी रहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेसी समुदायप्रति भेदभाव कायमै छ : अध्यक्ष यादव
मधेसी समुदायप्रति भेदभाव कायमै छ : अध्यक्ष यादव
१५औं महाधिवेशनबाट विदा लिन्छु भनिसकेको छु, त्यसमा द्विविधा छैन: देउवा
१५औं महाधिवेशनबाट विदा लिन्छु भनिसकेको छु, त्यसमा द्विविधा छैन: देउवा
राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प–हस्तकला सम्मेलन २०८२ सम्पन्न
राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प–हस्तकला सम्मेलन २०८२ सम्पन्न
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
ओली र लेखकसहित ५ जनालाई विदेश भ्रमणमा राेक लगाउनुपर्ने जाँचबुझ आयोगको निर्णय
ओली र लेखकसहित ५ जनालाई विदेश भ्रमणमा राेक लगाउनुपर्ने जाँचबुझ आयोगको निर्णय
राष्ट्र बैंकले आज बजारबाट २५ अर्ब रुपैयाँ झिक्दै
राष्ट्र बैंकले आज बजारबाट २५ अर्ब रुपैयाँ झिक्दै
नेपाल चिकित्सक संघका मागबारे तीन मन्त्रीबीच विशेष बैठक
नेपाल चिकित्सक संघका मागबारे तीन मन्त्रीबीच विशेष बैठक
माओवादी र एकीकृत समाजवादी उपनिर्वाचनमा मिलेर लड्ने तयारी
माओवादी र एकीकृत समाजवादी उपनिर्वाचनमा मिलेर लड्ने तयारी
तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न राप्रपाको माग
तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न राप्रपाको माग
एमालेले आज काठमाडौंमा सांस्कृतिक झाँकीसहित प्रदर्शन गर्ने
एमालेले आज काठमाडौंमा सांस्कृतिक झाँकीसहित प्रदर्शन गर्ने