प्रभु साहको टिप्पणी– सरकारको नीति तथा कार्यक्रम डायबिटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २८, २०८२
|
|
२९ पटक हेरिएको
Shares
प्रभु साहको टिप्पणी– सरकारको नीति तथा कार्यक्रम डायबिटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै

सारांश

  • आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सरकारको नीति तथा कार्यक्रम ‘डायबाटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै’ भएको टिप्पणी गरेका छन् ।
  • राज्यको उच्च ओहोदामा रहेका व्यक्तिहरुले खुलेआम लुट्ने र भ्रष्टाचारको रकम विदेशमा थुपार्ने मूल प्रवृत्ति रहेको भन्दै उनले त्यो पैसा स्वदेश फर्काउनुपर्ने गरी नीति तथा कार्यक्रम नआएको टिप्पणी गरे ।
  • ‘नीति तथा कार्यक्रममा ती लुटका पैसाहरु, भ्रष्टाचारको कालोधन रोक्छौं र फिर्ता ल्याउँछौं भन्ने प्रतिबद्धता आउनुपर्थ्यो, त्यसरी नीति आउनुपर्थ्यो तर दुर्भाग्य भन्नुपर्छ जस्ट उल्टो,’ आज संसदमा उनले भने, ‘खुलेआम लानुस्, आरामसँग लानुस् भन्ने टाइपको नीति तथा कार्यक्रम देखिन्छ ।

 

२८ वैशाख, काठमाडौं ।

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सरकारको नीति तथा कार्यक्रम ‘डायबाटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै’ भएको टिप्पणी गरेका छन् । राज्यको उच्च ओहोदामा रहेका व्यक्तिहरुले खुलेआम लुट्ने र भ्रष्टाचारको रकम विदेशमा थुपार्ने मूल प्रवृत्ति रहेको भन्दै उनले त्यो पैसा स्वदेश फर्काउनुपर्ने गरी नीति तथा कार्यक्रम नआएको टिप्पणी गरे ।

‘नीति तथा कार्यक्रममा ती लुटका पैसाहरु, भ्रष्टाचारको कालोधन रोक्छौं र फिर्ता ल्याउँछौं भन्ने प्रतिबद्धता आउनुपर्थ्यो, त्यसरी नीति आउनुपर्थ्यो तर दुर्भाग्य भन्नुपर्छ जस्ट उल्टो,’ आज संसदमा उनले भने, ‘खुलेआम लानुस्, आरामसँग लानुस् भन्ने टाइपको नीति तथा कार्यक्रम देखिन्छ ।’ विदेशमा लाखौं युवाहरुले आफ्नो खुन पसिना चुहाएर पैसा पठाइरहेको र त्यसकै रेमिट्यान्सले देश चलिरहेको भन्दै उनले प्रश्न गरे, ‘म सरकारलाई सोध्न चाहन्छु त्यो पैसा जनताको लागि हो कि भ्रष्टाचारीको लागि हो ?’ उनले विदेश पलायन भएका युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना हुने योजना तथा कार्यक्रम गरी नीति तथा कार्यक्रममा नराखिएको भन्दै आलोचना गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?