सुशासनमा सुधार गरे ७ प्रतिशत आर्थिक वृद्धि हुन्छ : श्रेष्ठ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २३, २०८१
|
|
३० पटक हेरिएको
Shares
सुशासनमा सुधार गरे ७ प्रतिशत आर्थिक वृद्धि हुन्छ : श्रेष्ठ

सारांश

  • लक्ष्मी हुन्डाई ग्रुपका प्रबन्ध निर्देशक निरन्जन श्रेष्ठले सुशासनमा सुधार गरिए नेपाल आफैँ समृद्ध बन्ने बताएका छन् ।
  • शनिबार (चैत २३) काठमाडौंमा आयोजित ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले नेपालको आर्थिक अवस्था एउटा विन्दुमा गएर अड्किएको बताए ।
  • “हाम्रो अर्थतन्त्र एउटा समस्यामा अल्झिएको छ, जमिनको मूल्य ३/४ प्रतिशतले बढेको छ,” उनले भने, “निजी क्षेत्रलाई व्यापार गर्न अप्ठ्यारो रहेको छ ।

२३ चैत,काठमाडौं ।

लक्ष्मी हुन्डाई ग्रुपका प्रबन्ध निर्देशक निरन्जन श्रेष्ठले सुशासनमा सुधार गरिए नेपाल आफैँ समृद्ध बन्ने बताएका छन् । शनिबार (चैत २३) काठमाडौंमा आयोजित ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले नेपालको आर्थिक अवस्था एउटा विन्दुमा गएर अड्किएको बताए ।

“हाम्रो अर्थतन्त्र एउटा समस्यामा अल्झिएको छ, जमिनको मूल्य ३/४ प्रतिशतले बढेको छ,” उनले भने, “निजी क्षेत्रलाई व्यापार गर्न अप्ठ्यारो रहेको छ ।” उनले नेपालमा पूर्वाधार निर्माण निकै सुस्त गतिमा भएको बताए । मानव विकास सूचकांकमा पनि नेपाल निकै कमजोर रहेको उनले उल्लेख गरे । प्रतिवर्ष एक लाख ५० हजार पनि रोजगारी सिर्जना गर्न नसकिएको उनले बताए । संरचनागत सुधार गर्न सके ७ प्रतिशतको आर्थिक वृद्धि हुने उनले तर्क गरे । नेपालको पब्लिक फाइनान्सियल सेक्टरको रीस्ट्रक्चर गर्नुपर्ने उनले बताए ।

उनले सार्वजनिक खर्चको आकार बढेको र पुँजीगत खर्चमा कमी आएको बताए । संघीय, प्रादेशिक पुँजीगत खर्च बढाउन आवश्यक रहेकामा श्रेष्ठले जोड दिए । राजस्वको मुख्य आधार कर उठाउने भइरहेको उनले बताए । सरकार र निजी क्षेत्रबीच अविश्वासका खाडल रहेको र यसलाई पुर्नुपर्ने उनले धारणा व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेलिकोप्टरमा निर्वाचन सामाग्री र कर्मचारी, मतदाताका लागि सडक खुलाउने प्रयास
हेलिकोप्टरमा निर्वाचन सामाग्री र कर्मचारी, मतदाताका लागि सडक खुलाउने प्रयास
कर्णालीका नवनियुक्त मुख्यमन्त्री आज शपथ लिँदै 
कर्णालीका नवनियुक्त मुख्यमन्त्री आज शपथ लिँदै 
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
८० हजार घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर
८० हजार घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर
बढ्यो सुनको मूल्य , चाँदीको स्थिर
बढ्यो सुनको मूल्य , चाँदीको स्थिर
प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै
प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै
सरकारले एक वर्षभित्र पाँच सार्वजनिक संस्थान खारेज गरिँदै
सरकारले एक वर्षभित्र पाँच सार्वजनिक संस्थान खारेज गरिँदै
गणतन्त्र पक्षधर र राजावादी समूहको आज प्रदर्शन, कस्तो होला ट्राफिक ?
गणतन्त्र पक्षधर र राजावादी समूहको आज प्रदर्शन, कस्तो होला ट्राफिक ?
गृहमन्त्रीलाई रास्वपाको जवाफ– भ्रष्टाचार प्रमाणित भए राजनीति छोड्ने होइन, जेल जाने हो
गृहमन्त्रीलाई रास्वपाको जवाफ– भ्रष्टाचार प्रमाणित भए राजनीति छोड्ने होइन, जेल जाने हो
काठमाडौं महानगरको ४३औं कार्यपालिका बैठक : यस्ता छन् निर्णयहरु
काठमाडौं महानगरको ४३औं कार्यपालिका बैठक : यस्ता छन् निर्णयहरु