गृहमन्त्रीलाई रास्वपाको जवाफ– भ्रष्टाचार प्रमाणित भए राजनीति छोड्ने होइन, जेल जाने हो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ११, २०८२
|
|
२९ पटक हेरिएको
Shares
गृहमन्त्रीलाई रास्वपाको जवाफ– भ्रष्टाचार प्रमाणित भए राजनीति छोड्ने होइन, जेल जाने हो

सारांश

  •   राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जेठ १३ गते बस्ने बैठक अवरुद्ध गर्ने संकेत गरेको छ ।
  • आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको आदेश सदर गर्ने निर्णय मान्ने भए पनि केही त्रुटिहरू रहेको भन्दै त्यसबारे बहस गर्ने निष्कर्ष निकालेको छ ।
  • ‘यथास्थितिमा भ्रष्ट सरकार र गठबन्धनले देशलाई कतै पुर्‍याऊला जस्तो देखिँदैन’, कार्यवाहक प्रवक्ता झाले भने, ‘यो त एक अर्कालाई संरक्षण गर्ने भिजिट भिसा काण्डले नै देखाउँछ ।

११ जेठ, काठमाडौं । 

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जेठ १३ गते बस्ने बैठक अवरुद्ध गर्ने संकेत गरेको छ । आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको आदेश सदर गर्ने निर्णय मान्ने भए पनि केही त्रुटिहरू रहेको भन्दै त्यसबारे बहस गर्ने निष्कर्ष निकालेको छ ।

‘यथास्थितिमा भ्रष्ट सरकार र गठबन्धनले देशलाई कतै पुर्‍याऊला जस्तो देखिँदैन’, कार्यवाहक प्रवक्ता झाले भने, ‘यो त एक अर्कालाई संरक्षण गर्ने भिजिट भिसा काण्डले नै देखाउँछ ।’ उनले गृहमन्त्री रमेश लेखकले प्रमाणित भयो भने राजनीति छाड्छु भन्नु हास्यास्पद भएको भन्दै प्रमाणित भए राजनीति छाड्ने होइन कि जेल जानुपर्ने बताए । साथै उनले अब बस्ने संसद बैठक सामान्य नहुने पनि बताए । ‘अबको बैठकमा हामी के गर्छौं भनेर भन्दिनँ तर पर्सिको संसद् बैठक सामान्य हुँदैन’, झाको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डलर बलियो हुँदा रेमिट्यान्समा रेकर्ड, चैतमै भित्रियो २ खर्ब ९ अर्ब
डलर बलियो हुँदा रेमिट्यान्समा रेकर्ड, चैतमै भित्रियो २ खर्ब ९ अर्ब
चुनाव भए भाग लिन्छौं, वातावरण अझै बनेजस्तो लाग्या छैन : ओली
चुनाव भए भाग लिन्छौं, वातावरण अझै बनेजस्तो लाग्या छैन : ओली
यू-१९ विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ
यू-१९ विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ
साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव
साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव
६१ किलो सुन तस्करी प्रकरण : रिहा लगत्तै पक्राउ परिन् अमला
६१ किलो सुन तस्करी प्रकरण : रिहा लगत्तै पक्राउ परिन् अमला
बलिरामपुर नाकाबाट तस्करहरु तस्करी गर्न सकृय, रातारात भित्रियो सयौ पोका कपडा
बलिरामपुर नाकाबाट तस्करहरु तस्करी गर्न सकृय, रातारात भित्रियो सयौ पोका कपडा
नेपाल र बङ्गलादेशबीचकाे फाइनल खेल शुरू
नेपाल र बङ्गलादेशबीचकाे फाइनल खेल शुरू
राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै
राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै
खेतमा लुकाएका ४५० थान मोबाइल बरामद
खेतमा लुकाएका ४५० थान मोबाइल बरामद
राष्ट्रियसभाः कर्मचारीको तलब दोब्बर बनाउन माग
राष्ट्रियसभाः कर्मचारीको तलब दोब्बर बनाउन माग