फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ४, २०८१
|
|
२६ पटक हेरिएको
Shares
फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर टु मा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
  • खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्न १२ बजे सुरु हुनेछ ।
  • लिग चरणमा चौथो स्थानमा रहेको कर्णाली याक्सले बुधबार भएको एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो ।

४ पुस, काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर टु मा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्न १२ बजे सुरु हुनेछ । लिग चरणमा चौथो स्थानमा रहेको कर्णाली याक्सले बुधबार भएको एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो । लिगमा दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स भने क्वालिफायर वान मा सुदूरपश्चिम रोएल्ससलाई पारजित भएपछि क्वालिफायर टु खेल्न लागेको हो । सुदूरपश्चिमसँग पराजित भएपनि जनकपुरका लागि फाइनल पुग्ने अर्को अवसर प्राप्त भएको छ ।

लिगको अन्तिम खेलमा पराजित भएपनि कर्णालीले एलिमिनेटरमा उत्कृष्ट प्रदर्शन गर्दै चितवनलाई हराएकोले लयमा छ । चितवन विरुद्ध विशेषगरी कर्णालीको ब्याटिङ राम्रो देखिएको थियो । त्यसमा विदेशी खेलाडीहरुको प्रदर्शन अझ प्रभावकारी रह्यो । त्यही अनुसार नेपाली ब्याटरले ब्याटिङ गरेमा कर्णालीको ब्याटिङ अज राम्रो बन्नेछ । कर्णालीका विलियम बोसिस्टो, चाडविक वाल्टनले राम्रो ब्याटिङ गरेका छन् । यस्तै जिसन मक्सुदले अलराउण्ड प्रदर्शन गरिरहेका छन् । भर्खरै अनुबन्ध भएर प्लेअफमा खेलेका जयकसिन कोल्सावालाले पहिलो खेलमै अर्धशतक बनाएर बफ्नो उपस्थिती प्रमाणित गरिसकेका छन् ।

बलिङमा युवा स्पीनर विपिन प्रसाद शर्मासहित कप्तान सोमपाल कामी र नन्दन यादव छन् । कर्णालीमा धेरै अलराउण्डर हुँदा बलिङमा विकल्प छ । तर ब्याटिङमा अपेक्षा अनुसार नेपाली खेलाडीले अझै प्रदर्शन देखाउन सकेका छैन । देव खनालले एक अर्धशतक बनाउनु बाहेक ब्याट चलेको छैन  ।गुलसन झा ले पनि अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैनन् । यस्तै पछिल्लो दुई खेलमा अवसर पाएका ओपनर रित गौतम दुवै खेलमा शुन्यमा आउछ भए । उता नियमित कप्तान अनिल साह हातको चोटका कारण खेल्न नसक्नेपछि सुदूरपश्चिम विरुद्धको क्वालिफायर वान गुमाएका थिए । उनले कर्णाली विरुद्ध पनि खेल्ने छैनन् ।

अनिलको अनुपस्थितीमा आकाश त्रिपाठीले पहिलो रोजाईँमा खेलेका थिए । ब्याटिङमा जिम्मी नीशमम धेरै भर पर्दा जनकपुरका अन्य खेलाडीले राम्रो साथ दिन सकेका छैनन् । सुरुवाती खेलमा जनकपुरको टप अर्डरले उत्कृष्ट प्रदर्शन गरेपनि मिडल अर्डर चल्न सकेको छैन । त्यसैले फाइनल पुग्ने हो जनकपुरको टप अर्डरले राम्रो प्रदर्शन गर्नुपर्ने आवश्यकता छ । जनकपुरको बलिङले भने राम्रो प्रदर्शन गरिरहेको छ ।ललित राजवंशी, किशोर महतोले उत्कृष्ट बलिङ गरिरअका छन् ।

त्यसमा विदेशी खेलाडीहरु नीशम, हर्श थाकर र मोहम्मद मोहसिनसहित शेर मल्लले राम्रो साथ दिएका छन् । लिग चरणमा जनकपुरले कर्णालीलाई ८ विकेटले पराजित गरेको थियो । जहाँ अनिल साहले अविजित ६२ रन बनाएका थिए । कर्णाली सामु त्यो हारको बदला लिने अवसर छ भने जनकपुर भने क्वालिफायर वानको हार पिडा बिर्साउँदै कर्णाली विरुद्धको लय कायम राख्दै फाइनल पुग्ने लक्ष्यमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा
बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा
सन्दीपको अमेरिका यात्रा आउँदो साता मात्र निश्चित हुने
सन्दीपको अमेरिका यात्रा आउँदो साता मात्र निश्चित हुने
गाजा युद्ध अन्त्य र बन्धकको रिहाइको माग गर्दै इजरायलमा विशाल प्रदर्शन
गाजा युद्ध अन्त्य र बन्धकको रिहाइको माग गर्दै इजरायलमा विशाल प्रदर्शन
हृदयाघातपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
हृदयाघातपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
खापुङ, अर्याल र थापालाई भविष्यमा सरकारी सेवाको जिम्मेवारी नदिने गरी कारबाही गर्न सिफारिस
खापुङ, अर्याल र थापालाई भविष्यमा सरकारी सेवाको जिम्मेवारी नदिने गरी कारबाही गर्न सिफारिस
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा
३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा
गगन थापाले लगाए प्रयागराज महाकुम्भमा डुबकी
गगन थापाले लगाए प्रयागराज महाकुम्भमा डुबकी