निजी र सार्वजनिक सम्पत्ति क्षति नगर्न कुलमानको अपिल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
३० पटक हेरिएको
Shares
निजी र सार्वजनिक सम्पत्ति क्षति नगर्न कुलमानको अपिल

सारांश

  •   नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जनजीसहित सबै नेपाली नागरिकहरु संयमित हुने समय आएको बताएका छन् ।
  • प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड नगर्न उनको अपिल छ ।
  • सामाजिक सञ्जालमा पोस्ट गरेको अपिलमा घिसिङले सरकारको गलत रबैया, गैरजिम्मेवारीपन र असंवेदनशीलताका कारण उत्पन्न परिस्थितिप्रति दुख व्यक्त गरेका छन् ।

२४ भदौ, काठमाडौं। 

नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जनजीसहित सबै नेपाली नागरिकहरु संयमित हुने समय आएको बताएका छन् । प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड नगर्न उनको अपिल छ । सामाजिक सञ्जालमा पोस्ट गरेको अपिलमा घिसिङले सरकारको गलत रबैया, गैरजिम्मेवारीपन र असंवेदनशीलताका कारण उत्पन्न परिस्थितिप्रति दुख व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘जेन जीको विरोध प्रदर्शन र त्यसपछि विकसित घटनाक्रम पछि प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा निजी तथा सार्वजनिक सम्पति तोडफोड नगर्न सम्पूर्ण आन्दोलनरत पक्षलाई अनुरोध गर्दछु । सार्वजनिक सम्पति तपाईं हाम्रै करबाट निर्माण भएको र पुनःनिर्माणमा पनि हाम्रै पैसा खर्च हुने हुँदा यसतर्फ ध्यान दिई संयमित बन्न अनुरोध गर्दछु । अबको मार्गदर्शन भनेकै संयमता, परिपक्वता र दीर्घकालीन सुधारको दिशामा उन्मुख हुनु हो ।’जेन जीसहित अन्तरिम चुनावी सरकार गठन गरेर मध्यावधि निर्वाचन घोषणा गर्दै राष्ट्रलाई विद्यामान संकटबाट निकास दिन आवश्यक रहेकोमा घिसिङको जोड छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?