नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३, २०८२
|
|
२७ पटक हेरिएको
Shares
नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट

सारांश

  • स्पीनरले कसिलो बलिङ गरेपछि नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा हङकङलाई ११५ रनमा अलआउट गरेको छ ।
  • तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.
  • २ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको हो ।

३ वैशाख, काठमाडौं।

स्पीनरले कसिलो बलिङ गरेपछि नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा हङकङलाई ११५ रनमा अलआउट गरेको छ । तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको हो । शिव माथुरले सर्वाधिक ६३ रन बनाए । आर्या पन्जवानीले १३ तथा वीर माथुरले १२ रन बनाए ।  सुरुवाती विकेट १० रनको योगफलमै गुमाएको हङकङका लागि माथुर र पन्जवानीले डिफेन्सिभ शटहरू खेल्दै अर्धशतकीय साझेदारी बनाए ।

६० रन जोड्दा दोस्रो विकेट गुमाएको हङकङले त्यसपछि निरन्तर विकेट गुमाइरहँदा सामान्य योगफलमै चित्त बुझायो । नेपालका युवराज खत्रीले १० ओभरमा १८ रन मात्र दिएर ४ विकेट लिए । विपिनप्रसाद शर्माले ६.२ ओभरमा २४ रन दिएर ३ विकेट लिए । सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिए । नेपालले हालसम्म खेलेका दुईवटै खेल जितेको छ भने आज तेस्रो जित निकाल्ने लक्ष्यमा छ । नेपालजस्तै दुई खेल जितेको अफगानिस्तान आज यूएईसँग माथिल्लो मुलपानीमा खेल्दै छ र बलियो प्रदर्शन गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुरमा आज पनि निषेधाज्ञा र कर्फ्यु जारी
ललितपुरमा आज पनि निषेधाज्ञा र कर्फ्यु जारी
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी
भक्तपुरमा बाल्टिनको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु
भक्तपुरमा बाल्टिनको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु
अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी तथा निर्णय डिजिटल स्वीकृति हुने
अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी तथा निर्णय डिजिटल स्वीकृति हुने
मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
पाकिस्तानी सेनाले आफ्नै देशमा खसाल्यो बम, ३० जनाको मृ*त्यु
पाकिस्तानी सेनाले आफ्नै देशमा खसाल्यो बम, ३० जनाको मृ*त्यु
गत वर्षभन्दा यस पालि सुधार भयो एसईईको नतिजा
गत वर्षभन्दा यस पालि सुधार भयो एसईईको नतिजा
गभर्नरका लागि तीन जनाको नाम सिफारिस, एक नम्बरमा पौडेल
गभर्नरका लागि तीन जनाको नाम सिफारिस, एक नम्बरमा पौडेल
प्रयोगविहीन भवनहरूको सदुपयोग गर्न सरकारलाई सांसद कार्कीको आग्रह
प्रयोगविहीन भवनहरूको सदुपयोग गर्न सरकारलाई सांसद कार्कीको आग्रह