Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रचण्ड सरकारले ११ हजार नक्कली भूकम्प पीडित खडा गरेको प्रधानमन्त्री ओलीको आरोप

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
३८ पटक हेरिएको
Shares
प्रचण्ड सरकारले ११ हजार नक्कली भूकम्प पीडित खडा गरेको प्रधानमन्त्री ओलीको आरोप

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा ११ हजार नक्कली पीडित खडा गरिएको आरोप लगाएका छन् ।
  • आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भूकम्प प्रभावित जिल्लाहरुको घर संख्या ३७ हजारभन्दा बढी नरहेको अवस्थामा प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले ४८ हजार घर भत्किएको भनेर राहत वितरण गरेको आरोप लगाएका हुन् ।
  • उनले त्यसरी वितरण भएको राहत र क्षतिपूर्ति देख्दा अचम्म लागिरहेको बताए ।

 

४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा ११ हजार नक्कली पीडित खडा गरिएको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भूकम्प प्रभावित जिल्लाहरुको घर संख्या ३७ हजारभन्दा बढी नरहेको अवस्थामा प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले ४८ हजार घर भत्किएको भनेर राहत वितरण गरेको आरोप लगाएका हुन् ।

उनले त्यसरी वितरण भएको राहत र क्षतिपूर्ति देख्दा अचम्म लागिरहेको बताए । एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले राखेको प्रश्नमा जवाफ दिँदै उनले भने, ‘भूकम्प गत वर्ष कात्तिकतिर गएको थियो । तर, क्षेति कति भयो भन्ने पनि नभएको ३५÷३६ हजार घर भएको ठाउँमा ४८ हजार घरलाई पहिलो किस्ता वितरण गरिएको, कहाँबाट आयो ४८ हजार घर ? जहाँ जिल्लामै ३७ हजारभन्दा बढी घर छैनन् ।त्यो ठाउँमा ४८ हजार घर भत्किएर कसरी क्षति वितरण भयो ? अचम्म लाग्छ । सिमाना नाघेर बाहिर गइयो कि ? सबै भत्किएका थिएनन्,

 

तिनीहरुको दुई÷दुई पल्ट हिसाब भयो कि ? के भयो र त्यस्तो भयो ?’ प्रधानमन्त्री ओलीले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लामा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भइसकेको पनि जानकारी गराए । रुकुम र जाजरकोट जिल्ला व्यवस्थापन समितिबाट सिफारिस भइआएका सबै भूकम्प प्रभावितका लागि प्रथम र दोस्रो किस्ताको रकम पठाइसकिएको उनले बताए । २०८१ माघ महिनामा मात्रै भूकम्प प्रभावितहरुका लागि ८० करोड निकासा भएको उनले जानकारी गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?