सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

भीमफेदी कारागारबाट भागेका ५७ कैदीबन्दी आफैं फर्किए, २७४ जना फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ४, २०८२
|
|
३९ पटक हेरिएको
Shares
भीमफेदी कारागारबाट भागेका ५७ कैदीबन्दी आफैं फर्किए, २७४ जना फरार

सारांश

  • जेन-जी आन्दोलनको मौका छोप्दै मकवानपुरको भीमफेदी कारागारको पर्खाल भत्काएर भागेका ५७ जना कैदीबन्दी आफैं फर्किएका छन् ।
  • २४ भदौ बिहान कारागारको ‘क’ र ‘ख’ गरी दुई वटै ब्लकमा राखिएकामध्ये ४४० जना कैदीबन्दी भागेका थिए ।
  • भागेका कैदीबन्दीहरु सुरक्षा निकायको सक्रियतामा धमाधम पक्राउ पर्दै आएका छन् ।

४ असोज, हेटौंडा ।

जेन-जी आन्दोलनको मौका छोप्दै मकवानपुरको भीमफेदी कारागारको पर्खाल भत्काएर भागेका ५७ जना कैदीबन्दी आफैं फर्किएका छन् ।२४ भदौ बिहान कारागारको ‘क’ र ‘ख’ गरी दुई वटै ब्लकमा राखिएकामध्ये ४४० जना कैदीबन्दी भागेका थिए । भागेका कैदीबन्दीहरु सुरक्षा निकायको सक्रियतामा धमाधम पक्राउ पर्दै आएका छन् ।

जसमा ५७ जना कैदीबन्दी आफैं सम्पर्कमा आएको कारागार प्रमुख सुवास पौडेलले अनलाइनखबरलाई जानकारी दिए । कारागार प्रशासनले दिएको जानकारीअनुसार आज शुक्रबार साँझ ७ बजेसम्म नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीको सहयोगमा हालसम्म भीमफेदी कारागारका १८६ जना कैदीबन्दी कारागारको नियन्त्रणमा आइसकेको प्रमुख पौडेलले बताए । भागेकामध्ये २५४ जना कैदीबन्दीको अझै अत्तोपत्तो छैन ।

अन्य कारागारबाट भागेका ६१ जना कैदीबन्दीलाई पनि भीमफेदी कारागारमा ल्याइएको छ । काठमाडौंका कारागारबाट भागेका कैदीबन्दी मकवानपुरबाट पक्राउ गरेका छन् । कुल १ हजार ६६ जना कैदीबन्दी राखिएको कारागारमा हाल ८६१ जना मात्रै रहेका छन् । २४ भदौमा ‘क’ ब्लकबाट २६० जना र बिहानको समयमा ‘ख’ ब्लकबाट १८० कैदीबन्दी पर्खाल भत्काएर भागेका थिए । कैदीबन्दी भाग्न खोज्दा कारागारमा सुरक्षाकर्मी र कैदीबन्दीबीच लगातार ४ घण्टासम्म झडप भएको थियो । झडपमा सेना र सशस्त्र प्रहरीले २०० भन्दा बढी हवाई फायर गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाले बाेलाइयाे आन्दोलन समितिकाे बैठक
राप्रपाले बाेलाइयाे आन्दोलन समितिकाे बैठक
आजको मौसम : पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
पोखरामा बस दुर्घटनामा ४ विद्यार्थीसहित ५ जनाको मृ*त्यु
पोखरामा बस दुर्घटनामा ४ विद्यार्थीसहित ५ जनाको मृ*त्यु
सर्लाहीमा आयुर्वेद स्वास्थ्यकर्मी समाजको नयाँ नेतृत्व चयन
सर्लाहीमा आयुर्वेद स्वास्थ्यकर्मी समाजको नयाँ नेतृत्व चयन
महाकुम्भ मेलाबाट फर्किनेक्रममा दुर्घटनामा परेर ४ जना नेपालीको मृत्यु
महाकुम्भ मेलाबाट फर्किनेक्रममा दुर्घटनामा परेर ४ जना नेपालीको मृत्यु
शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव हटाउन चाहेका हौं : प्रधानमन्त्री
शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव हटाउन चाहेका हौं : प्रधानमन्त्री
काभ्रेमा बस दुर्घटना हुदा ७ जनाको मृत्यु
काभ्रेमा बस दुर्घटना हुदा ७ जनाको मृत्यु
तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
कांग्रेसको विधानमा नै ‘राष्ट्रिय धर्म’ कायम गरेर निर्वाचनमा जानुपर्छ : दीपक खड्का
कांग्रेसको विधानमा नै ‘राष्ट्रिय धर्म’ कायम गरेर निर्वाचनमा जानुपर्छ : दीपक खड्का
गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृ*त्यु
गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृ*त्यु