भीमफेदी कारागारबाट भागेका ५७ कैदीबन्दी आफैं फर्किए, २७४ जना फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ४, २०८२
|
|
३० पटक हेरिएको
Shares
भीमफेदी कारागारबाट भागेका ५७ कैदीबन्दी आफैं फर्किए, २७४ जना फरार

सारांश

  • जेन-जी आन्दोलनको मौका छोप्दै मकवानपुरको भीमफेदी कारागारको पर्खाल भत्काएर भागेका ५७ जना कैदीबन्दी आफैं फर्किएका छन् ।
  • २४ भदौ बिहान कारागारको ‘क’ र ‘ख’ गरी दुई वटै ब्लकमा राखिएकामध्ये ४४० जना कैदीबन्दी भागेका थिए ।
  • भागेका कैदीबन्दीहरु सुरक्षा निकायको सक्रियतामा धमाधम पक्राउ पर्दै आएका छन् ।

४ असोज, हेटौंडा ।

जेन-जी आन्दोलनको मौका छोप्दै मकवानपुरको भीमफेदी कारागारको पर्खाल भत्काएर भागेका ५७ जना कैदीबन्दी आफैं फर्किएका छन् ।२४ भदौ बिहान कारागारको ‘क’ र ‘ख’ गरी दुई वटै ब्लकमा राखिएकामध्ये ४४० जना कैदीबन्दी भागेका थिए । भागेका कैदीबन्दीहरु सुरक्षा निकायको सक्रियतामा धमाधम पक्राउ पर्दै आएका छन् ।

जसमा ५७ जना कैदीबन्दी आफैं सम्पर्कमा आएको कारागार प्रमुख सुवास पौडेलले अनलाइनखबरलाई जानकारी दिए । कारागार प्रशासनले दिएको जानकारीअनुसार आज शुक्रबार साँझ ७ बजेसम्म नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीको सहयोगमा हालसम्म भीमफेदी कारागारका १८६ जना कैदीबन्दी कारागारको नियन्त्रणमा आइसकेको प्रमुख पौडेलले बताए । भागेकामध्ये २५४ जना कैदीबन्दीको अझै अत्तोपत्तो छैन ।

अन्य कारागारबाट भागेका ६१ जना कैदीबन्दीलाई पनि भीमफेदी कारागारमा ल्याइएको छ । काठमाडौंका कारागारबाट भागेका कैदीबन्दी मकवानपुरबाट पक्राउ गरेका छन् । कुल १ हजार ६६ जना कैदीबन्दी राखिएको कारागारमा हाल ८६१ जना मात्रै रहेका छन् । २४ भदौमा ‘क’ ब्लकबाट २६० जना र बिहानको समयमा ‘ख’ ब्लकबाट १८० कैदीबन्दी पर्खाल भत्काएर भागेका थिए । कैदीबन्दी भाग्न खोज्दा कारागारमा सुरक्षाकर्मी र कैदीबन्दीबीच लगातार ४ घण्टासम्म झडप भएको थियो । झडपमा सेना र सशस्त्र प्रहरीले २०० भन्दा बढी हवाई फायर गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्रीबीच आज भेटवार्ता हुँदै
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्रीबीच आज भेटवार्ता हुँदै
नेपाललाई नेत्र उपचारको क्षेत्रीय केन्द्र बनाउने सरकारको लक्ष्यः मन्त्री पन्त
नेपाललाई नेत्र उपचारको क्षेत्रीय केन्द्र बनाउने सरकारको लक्ष्यः मन्त्री पन्त
यू-१९ महिला विश्वकप एसिया छनोटमा आज नेपाल र कुबेत भिड्दै
यू-१९ महिला विश्वकप एसिया छनोटमा आज नेपाल र कुबेत भिड्दै
कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन हुन सकेन : बाबुराम भट्टराई
कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन हुन सकेन : बाबुराम भट्टराई
डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ
डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरुजु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरुजु
बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै
बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा घाइते, वीरगञ्जमा उपचार हुँदै
क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा घाइते, वीरगञ्जमा उपचार हुँदै
कार्यकर्तालाई ओलीको निर्देशन- सरकारको होइन, चुनावको चिन्ता गर्नुस्
कार्यकर्तालाई ओलीको निर्देशन- सरकारको होइन, चुनावको चिन्ता गर्नुस्