सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ११, २०८१
|
|
४३ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सारांश

  • गढवा गाउँपालिका-५ कक्रहवास्थित सडकमा रा.
  • १ ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार राजपुर गाउँपालिका-३ भैसहवा बस्ने ५० वर्षीय तुलाराम विकको मृत्यु भएको छ ।
  • दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

११ पुस,  काठमाडौं। गढवा गाउँपालिका-५ कक्रहवास्थित सडकमा रा.१ ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार राजपुर गाउँपालिका-३ भैसहवा बस्ने ५० वर्षीय तुलाराम विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।  साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बागलुङ, गल्कोट नगरपालिका-८ जोईढुङ्गास्थित सडकमा लु.३ च १८९१ नम्बरको बोलेरो पिकअप अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा बोलेरोमा सवार नवलपरासी पूर्व कावासोती नगरपालिका-३ बस्ने ५१ वर्षीय सुर्य बहादुर भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल गलकोटमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु, वाणगंगा नगरपालिका-१० मझौवास्थित सडकमा लु.३८ प ४१४१ नम्बरको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा चालक शुद्धोधन गाउँपालिका-४ बस्ने ३२ वर्षीय अक्रम हुसेनको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमशन अस्पताल मणिग्राम बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । पर्सा, वीरगंज महानगरपालिका-२५ बहुअरीस्थित सडकमा हाल नम्बरको नखुलेको सवारी साधनले ना.२५ प ९०९१ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार बारा सुवर्ण गाउँपालिका-२कवही टोल बस्ने प्रमोद मिश्राको छोरा १६ वर्षीय राज मिश्राको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई हाल फरार रहेको सवारी साधनको खोजी गरिरहेको छ । खोटाङ, केपिलासगढी गाउँपालिका-३ राखी तापखोलास्थित सडकमा ना.१ ज ७१८१ नम्बरको सुमो बुधबार दिउँसो दुर्घटना हुँदा सुमोमा सवार सोही गाउँपालिका-१ बस्ने ७३ वर्षीय दुर्गा प्रसाद राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौं घाइते
गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौं घाइते
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
विमानस्थल खुलेपछि कुन-कुन देशबाट आउँदै छन् जहाज, यस्तो छ तालिका
विमानस्थल खुलेपछि कुन-कुन देशबाट आउँदै छन् जहाज, यस्तो छ तालिका
रवि लामिछाने पक्राउ पर्ने हल्ला चलेपछि रास्वपा कार्यालयमा चहलपहल बढ्यो
रवि लामिछाने पक्राउ पर्ने हल्ला चलेपछि रास्वपा कार्यालयमा चहलपहल बढ्यो
राष्ट्रिय खेलाडीहरूको गंगालाल हृदयरोग केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण सुरुवात
राष्ट्रिय खेलाडीहरूको गंगालाल हृदयरोग केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण सुरुवात
रसुवा र संखुवासभामा पहिरो र बाढी : पासाङ ल्हामु राजमार्गसहित चीन जोड्ने नाका अझै अवरुद्ध
रसुवा र संखुवासभामा पहिरो र बाढी : पासाङ ल्हामु राजमार्गसहित चीन जोड्ने नाका अझै अवरुद्ध
इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल
इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल
रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण सुरू
रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण सुरू
जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन: प्रधानमन्त्री कार्की
राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन: प्रधानमन्त्री कार्की