प्रवासका आकांक्षी भर्चुअल मूल्यांकनमा, रास्वपाको नयाँ मोडल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १०, २०८२
|
|
३१ पटक हेरिएको
Shares
प्रवासका आकांक्षी भर्चुअल मूल्यांकनमा, रास्वपाको नयाँ मोडल

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप समावेशी, पारदर्शी र प्रविधिमैत्री बनाउने निर्णय गरेको छ ।
  • हिजो (बुधबार) सम्पन्न पार्टी सचिवालय बैठकले छलफल प्रक्रियाबाट छुटेका उम्मेदवार आकांक्षीलाई पुनः सहभागी गराउने, प्रवासमा रहेका आकांक्षीको भर्चुअल मूल्यांकन गर्ने तथा छनोट प्रक्रियामा केन्द्रीय समितिका सदस्यलाई समेत सहभागी गराउने निर्णय गरेको हो ।
  • पार्टी प्रवक्ता मनिष झाका अनुसार पौष ५ गते भएको छलफलमा विशेष कारणवश सहभागी हुन नसकेका वा सहभागिता नपाएका उम्मेदवार आकांक्षीलाई छलफल र प्रारम्भिक निर्वाचनबाहेकका छनोट प्रक्रियामा समेटिनेछ ।

१० पुस, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप समावेशी, पारदर्शी र प्रविधिमैत्री बनाउने निर्णय गरेको छ ।हिजो (बुधबार) सम्पन्न पार्टी सचिवालय बैठकले छलफल प्रक्रियाबाट छुटेका उम्मेदवार आकांक्षीलाई पुनः सहभागी गराउने, प्रवासमा रहेका आकांक्षीको भर्चुअल मूल्यांकन गर्ने तथा छनोट प्रक्रियामा केन्द्रीय समितिका सदस्यलाई समेत सहभागी गराउने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार पौष ५ गते भएको छलफलमा विशेष कारणवश सहभागी हुन नसकेका वा सहभागिता नपाएका उम्मेदवार आकांक्षीलाई छलफल र प्रारम्भिक निर्वाचनबाहेकका छनोट प्रक्रियामा समेटिनेछ । उक्त कार्यको जिम्मेवारी पार्टी प्रवक्ता झा र सचिवालय सदस्य दीपक बोहोरालाई दिइएको छ भने उपसभापति डा. स्वर्णिम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रक्रिया अनुगमन गर्नेछन् । यसैगरी, प्रवासमा रहेका उम्मेदवार आकांक्षीको मूल्यांकन भर्चुअल माध्यमबाट गरिनेछ । भर्चुअल प्रक्रियाबाट बन्दसूचीमा पर्ने आवेदकलाई भने पौष १४ गते बिहान ९ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाइनेछ ।

समानुपातिक उम्मेदवार छनोट प्रक्रियालाई सहज बनाउन उम्मेदवार छनोट समितिको प्रस्ताव र उपसभापति डोलप्रसाद अर्याल तथा डा. स्वर्णिम वाग्लेको सहमतिमा केन्द्रीय समितिका सदस्यहरूलाई समेत सहभागी गराइने निर्णय बैठकले गरेको छ ।त्यस्तै, प्रारम्भिक निर्वाचनमा मतदान गर्न पाउने सदस्यहरूको मापदण्ड निर्धारण गर्ने जिम्मेवारी उम्मेदवार छनोट समितिको प्रस्तावमा पार्टीको केन्द्रीय निर्वाचन आयोग र सूचना प्रविधि इकाईका प्रतिनिधि सम्मिलित कार्यदललाई दिइएको छ । बैठकले संगठनात्मक संरचना मजबुत बनाउने क्रममा केन्द्रीय निर्वाचन आयोगको सदस्यमा गोकुल सापकोटा र केन्द्रीय संगठन विभागको सदस्यमा शिवराज पन्तलाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
जनकपुरधाम उपमहानगरका कर्मचारीहरुले गरे पेन डाउन, उपमेयरले दुव्र्यवहार गरेको आरोप
जनकपुरधाम उपमहानगरका कर्मचारीहरुले गरे पेन डाउन, उपमेयरले दुव्र्यवहार गरेको आरोप
धरानमा एमाले उमेदवारबीच कुटाकुट, उपचार गराउँदै छन् घाइते
धरानमा एमाले उमेदवारबीच कुटाकुट, उपचार गराउँदै छन् घाइते
प्रधानमन्त्रीको पीएसओमा डीएसपी निशान थापा
प्रधानमन्त्रीको पीएसओमा डीएसपी निशान थापा
कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी
कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण
सिन्धुलीमा धान रोप्न गएकी महिलाको मृत्यु
सिन्धुलीमा धान रोप्न गएकी महिलाको मृत्यु
धनकुटामा भर्‍याङबाट लड्दा महिलाको मृ*त्यु
धनकुटामा भर्‍याङबाट लड्दा महिलाको मृ*त्यु
विविध कार्यक्रमका साथ आज संसद् दिवस मनाइँदै
विविध कार्यक्रमका साथ आज संसद् दिवस मनाइँदै
उपमेयर सुनिता डंगोलको नाम दुरुपयोग गरी ह्वाट्सएप ठगी, पैसा नपठाउन आग्रह
उपमेयर सुनिता डंगोलको नाम दुरुपयोग गरी ह्वाट्सएप ठगी, पैसा नपठाउन आग्रह