Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रवासका आकांक्षी भर्चुअल मूल्यांकनमा, रास्वपाको नयाँ मोडल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १०, २०८२
|
|
३८ पटक हेरिएको
Shares
प्रवासका आकांक्षी भर्चुअल मूल्यांकनमा, रास्वपाको नयाँ मोडल

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप समावेशी, पारदर्शी र प्रविधिमैत्री बनाउने निर्णय गरेको छ ।
  • हिजो (बुधबार) सम्पन्न पार्टी सचिवालय बैठकले छलफल प्रक्रियाबाट छुटेका उम्मेदवार आकांक्षीलाई पुनः सहभागी गराउने, प्रवासमा रहेका आकांक्षीको भर्चुअल मूल्यांकन गर्ने तथा छनोट प्रक्रियामा केन्द्रीय समितिका सदस्यलाई समेत सहभागी गराउने निर्णय गरेको हो ।
  • पार्टी प्रवक्ता मनिष झाका अनुसार पौष ५ गते भएको छलफलमा विशेष कारणवश सहभागी हुन नसकेका वा सहभागिता नपाएका उम्मेदवार आकांक्षीलाई छलफल र प्रारम्भिक निर्वाचनबाहेकका छनोट प्रक्रियामा समेटिनेछ ।

 

१० पुस, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप समावेशी, पारदर्शी र प्रविधिमैत्री बनाउने निर्णय गरेको छ ।हिजो (बुधबार) सम्पन्न पार्टी सचिवालय बैठकले छलफल प्रक्रियाबाट छुटेका उम्मेदवार आकांक्षीलाई पुनः सहभागी गराउने, प्रवासमा रहेका आकांक्षीको भर्चुअल मूल्यांकन गर्ने तथा छनोट प्रक्रियामा केन्द्रीय समितिका सदस्यलाई समेत सहभागी गराउने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार पौष ५ गते भएको छलफलमा विशेष कारणवश सहभागी हुन नसकेका वा सहभागिता नपाएका उम्मेदवार आकांक्षीलाई छलफल र प्रारम्भिक निर्वाचनबाहेकका छनोट प्रक्रियामा समेटिनेछ । उक्त कार्यको जिम्मेवारी पार्टी प्रवक्ता झा र सचिवालय सदस्य दीपक बोहोरालाई दिइएको छ भने उपसभापति डा. स्वर्णिम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रक्रिया अनुगमन गर्नेछन् । यसैगरी, प्रवासमा रहेका उम्मेदवार आकांक्षीको मूल्यांकन भर्चुअल माध्यमबाट गरिनेछ । भर्चुअल प्रक्रियाबाट बन्दसूचीमा पर्ने आवेदकलाई भने पौष १४ गते बिहान ९ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाइनेछ ।

समानुपातिक उम्मेदवार छनोट प्रक्रियालाई सहज बनाउन उम्मेदवार छनोट समितिको प्रस्ताव र उपसभापति डोलप्रसाद अर्याल तथा डा. स्वर्णिम वाग्लेको सहमतिमा केन्द्रीय समितिका सदस्यहरूलाई समेत सहभागी गराइने निर्णय बैठकले गरेको छ ।त्यस्तै, प्रारम्भिक निर्वाचनमा मतदान गर्न पाउने सदस्यहरूको मापदण्ड निर्धारण गर्ने जिम्मेवारी उम्मेदवार छनोट समितिको प्रस्तावमा पार्टीको केन्द्रीय निर्वाचन आयोग र सूचना प्रविधि इकाईका प्रतिनिधि सम्मिलित कार्यदललाई दिइएको छ । बैठकले संगठनात्मक संरचना मजबुत बनाउने क्रममा केन्द्रीय निर्वाचन आयोगको सदस्यमा गोकुल सापकोटा र केन्द्रीय संगठन विभागको सदस्यमा शिवराज पन्तलाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समझदारीको आधारमा कर्णालीमा कांग्रेसले सरकार चलाउने बेला आएको छ : गगन थापा
समझदारीको आधारमा कर्णालीमा कांग्रेसले सरकार चलाउने बेला आएको छ : गगन थापा
नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप सङ्कलन गर्दै
नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप सङ्कलन गर्दै
कांग्रेस बैठकको निर्णय: संसद् विघटन असंवैधानिक, दलहरूसँग छलफल गर्ने
कांग्रेस बैठकको निर्णय: संसद् विघटन असंवैधानिक, दलहरूसँग छलफल गर्ने
भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश
भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश
‘खाद्यान्न आयात अन्त्यका निम्ति कृषिको आधुनिकीकरण अपरिहार्य’
‘खाद्यान्न आयात अन्त्यका निम्ति कृषिको आधुनिकीकरण अपरिहार्य’
कांग्रेस क्षेत्रीय अधिवेशन गर्ने समय तीन दिन थप
कांग्रेस क्षेत्रीय अधिवेशन गर्ने समय तीन दिन थप
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
सेवा व्यापार र विद्युतीय व्यापार सम्बन्धी कार्यशाला
सेवा व्यापार र विद्युतीय व्यापार सम्बन्धी कार्यशाला
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल
ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल